अल्पसङ्ख्यक सन्थाल जातिको प्रतिनिधि संविधानसभामा

काठमाण्डु टुडे २०७० पुष १९ गते ३:४४ मा प्रकाशित

दमक, १९ पुस – संविधानसभामा सन्थाल जातिको प्रतिनिधित्व एकजना सभासदले गर्ने मौका पाएका छन् । झापा हल्दीबारी–७ का ३५ वर्षीय मोहन टुडु सन्थाल समुदायको एक मात्र सभासद् बनेका हुन् ।

एकीकृत नेकपा माओवादीले टुडुलाई अल्पसंख्यकको कोटाबाट समानुपातिक सभासद बनाएको हो । टुडु २०५० सालमा विद्यार्थी आन्दोलनमा नेकपा एकता केन्द्र (मसाल)मा आबद्ध भई राजनीतिक जीवन शुरु गरेका थिए । उनी हाल एमाओवादी निकट सन्थाल मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष छन् । उनले नयाँ संविधान निर्माणमा पहिचानसहितको सङ्घीयता उल्लेख गराउन र सम्पूर्ण अल्पसङ्ख्यक, उत्पीडित, सीमान्तकृत समुदायका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसअघिको संविधानसभामा सन्थाल समुदायबाट माओवादीकै बब्रु सतार चुनिएका थिए । उनी मोरङको सिजुवाका स्थायी बासिन्दा हुन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us