समाचार

सेनाले यसरी जोगायो गर्भवती महिलाको ज्यान

२०७० फागुन ८ गते १३:०५

खोटाङ, ८ फागुन– खोटाङमा नेपाली सेनाको सहयोगबाट एक गर्भवती महिलाको ज्यान जोगिएको छ । अत्याधिक रक्तश्रावका कारण सिकिस्त बिरामी बनेकी भोजपुर छिनामखु– स्थायी ठेगाना भई हाल जिल्लाकै बाम्राङ–७ बस्दै आएका गोपाल कटवालकी श्रीमती २० वर्षीया मीना कटवालको ज्यान सेनाले बचाएको हो । परिवारले आर्थिक...

प्राधिकरणका पूर्वप्रबन्धकसहित चार अख्तियारको नियन्त्रणमा

२०७० फागुन ८ गते १२:३८

काठमाण्डु, ८ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालिन प्रबन्धकसहित चार जनालाई हिरासतमा लिएको छ । ट्रान्सफर्मर खरिद सम्बन्धी ठेक्कामा अनियमतिता गरेको अभियोगमा अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा प्राधिकरणका तत्कालीन प्रबन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु,...

गृह नपाएसम्म एमाले सरकारमा नजाने

२०७० फागुन ८ गते १२:१२

काठमाण्डु, ८ फागुन – नेकपा एमाले पूर्वसहमति कार्यान्वयन नभएसम्म सरकारमा नजाने भएको छ । विहीबार बसेको एमाले स्थायी समिति बैठकले सहमति पालना नभएसम्म सरकारमा नजाने निर्णय गरेको हो । काँग्रेस ७ बुँदे सहमति पालना गर्न तयार भएमात्र सरकारमा जाने निर्णय भएको बैठक पछि एक...

एमाले नआए पनि सरकार विस्तार : उपाध्याय

२०७० फागुन ८ गते १०:३२

काठमाण्डु, ८ फागुन – काँग्रेस नेता दिपकुमार उपाध्यायले एमाले नआए पनि शुक्रबारसम्ममा सरकार विस्तार हुने बताएका छन् । रिपोटर्स क्लवमा विहीबार आयोजित साक्षात्कारमा बोल्दै उपाध्यायले एमालेलाई हैसियत अनुसारको ठाँउ राख्ने गरी एउटा मन्त्रीलाई दुई तीन मन्त्रालयको जिम्मेवारी दिएर साने र चुस्ता आकारमा मन्त्री मण्डर...

एमाले नेता ज्ञावालीको अनौठो प्रस्ताव

२०७० फागुन ८ गते १०:१९

काठमाण्डु, ८ फागुन – एमाले नेता प्रदिप ज्ञावालीले गृह मन्त्रालय एमालेलाई दिने सहमति भएको छैन भनेर काँग्रेस नेताहरुले झुट बोलेको बताएका छन् । रिपोटर्स क्लवमा आयोजित साज्ञात्कारमा बोल्दै ज्ञावालीले सो कुरा बताएका हुन् । ‘सहमति नभई एमालेले हावाको भरमा व्यक्ति र पदको निर्णय गर्दैन,’...

सभाध्यक्ष नेम्वाङ र चिनिया राजदुतबीच भेट

२०७० फागुन ८ गते ९:१५

काठमाण्डु, ८ फागुन – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग नेपालका लागि चीनका राजदूत वु चुन्ताईले आज सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा राजदूत वुले संविधानसभाको अध्यक्ष पदमा निर्वाचित भएकोमा चिनियाँ जनकँग्रेस स्थायी समितिका अध्यक्ष झाङ डेजियाडले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका...

जनक शिक्षामा चरम ढिलासुस्ती

२०७० फागुन ८ गते ८:४१

काठमाण्डु, ८ फागुन – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिकसत्रका लागि अझै एक करोड १९ लाख १८ हजार ५ सय ६६ थान पाठ्यपुस्तक छपाइ गर्न बाँकी देखिएको छ । नयाँ शैक्षिक शत्र सुरु हुन केही महिनामात्र बाँकी रहेकाले शिक्षा विभागले केन्द्रको कार्यक्षमता बढाउन...

संविधानसभा उपाध्यक्षको चुनाव १४ गते

२०७० फागुन ८ गते ८:१३

काठमाण्डु, ८ फागुन – संविधानसभा उपाध्यक्षको चुनाव यही फागुन १४ गते हुने भएको छ । संविधानसभाको विहीबार बसेको बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी कार्यतालिका सार्वजनिक गरेका हुन् । नेम्वाङले सभाध्यक्षमा निर्वाचित भए पछि विहीबार पहिलो पटक बैठकको अध्यक्षता गरेका छन् । बैठकको अध्यक्षता गरेपछि...

कतारले नेपाली श्रमिकको पारिश्रमिक बढाउने

२०७० फागुन ८ गते ७:३०

काठमाण्डु, ८ फागुन – कतारले नेपाली कामदारहरुको पारिश्रमिक बढाउने भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा कतारी श्रममन्त्री अव्दुल्लाहा सलेह अल खुलैफीले तत्काल नेपाली कामदारको पारिश्रमिक समयसापेक्ष बनाउने प्रतिवद्धता जनाएका हुन् । भेटमा प्रचण्डले नेपाली कामदारहरुको पारिश्रमिक वृद्धि र उनीहरुको...

पत्रकारलाई बालुवाटार प्रवेशमा रोक

२०७० फागुन ८ गते ६:२९

काठमाण्डु, ८ फागुन– पत्रकारहरुलाई बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास प्रवेशमा रोक लगाइएको छ । प्रधानमन्त्री सुशील कोइराला सरकारी निवास प्रवेश गरेको समाचार संकलनका लागि गएका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । ‘माथिको आदेश’ भन्दै समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले बिहीबार बिहान तीन नम्बर गेटमै...

युवकले घरमै बनाए बिजुलीको ट्रान्समिटर

२०७० फागुन ८ गते ६:२३

दार्चुला, फागुन – दार्चुलाको ग्वानी गाविस वडा नं ७ लेकगाउँका एक युवकले घरमा आफैँले बिजुलीको ट्रान्समिटर निर्माण गरेका छन् । गोकुलेश्वर बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका २७ वर्षीय नरेश रावलले घरमै आवश्यक सामान मगाई आफैँले बिजुलीको ट्रान्समिटर निर्माण गरेका हुन् ।...

नेविसंघद्वारा क्याम्पस तोडफोड

२०७० फागुन ८ गते ६:१७

चितवन, ८ फागुन – आफूहरुसँग विगतमा गरिएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै नेपाल विद्यार्थी संघ सम्बद्ध विद्यार्थीहरुले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । तोडफोडबाट क्याम्पसको प्रशासन र लेखा शाखाका कुर्ची र झ्यालका सिसामा क्षति पुगेको छ । भर्ना शुल्क खारेज गर्नुपर्ने, छात्रवृत्तिलाई पारदर्शी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us