एमाले नआए पनि सरकार विस्तार : उपाध्याय

काठमाण्डु टुडे २०७० फागुन ८ गते १०:३२ मा प्रकाशित

deepkumarकाठमाण्डु, ८ फागुन – काँग्रेस नेता दिपकुमार उपाध्यायले एमाले नआए पनि शुक्रबारसम्ममा सरकार विस्तार हुने बताएका छन् ।

रिपोटर्स क्लवमा विहीबार आयोजित साक्षात्कारमा बोल्दै उपाध्यायले एमालेलाई हैसियत अनुसारको ठाँउ राख्ने गरी एउटा मन्त्रीलाई दुई तीन मन्त्रालयको जिम्मेवारी दिएर साने र चुस्ता आकारमा मन्त्री मण्डर विस्तार गर्ने तयारी भएको जानकारी दिए ।

विहीबारसाँझबाटै सरकार विस्तारको विषयमा छलफल हुने उनको भनाई छ । एमालेलाई कुनै पनि हालतमा गृह र अर्थमन्त्रालय दिन नसकिने स्पष्ट पार्दै उनले लुकेको सहमतिको नाममा काँग्रेसलाई बदनाम नगर्न एमाले नेताहरुलाई चेतावनी दिए ।

एमाले नेताहरुले गृहमन्त्रालयको विषयमा जोडदार ढंगले कुरा उठाए पनि आफूहरुले त्यस विषयमा कुनै सहमति नगरी शिर्ष तहमा छलफल गर्न भनेको उनको भनाई छ । महाधिवेशन नजिकिदै गएको अवस्थामा एमालेभित्रकै समस्याले यस्तो अवस्था आएको उपाध्यायले दावी गरे ।

‘उहाँहरुको महाधिवेशन नजिकिदै गरेकोले ब्यवहारिक रुपमा समस्यामा हुनुहुन्छ,’ उपाध्यायले भने, ‘एमालेको समस्या राम्ररी बुझेका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us