सेनाले यसरी जोगायो गर्भवती महिलाको ज्यान

काठमाण्डु टुडे २०७० फागुन ८ गते १३:०५ मा प्रकाशित

खोटाङ, ८ फागुन– खोटाङमा नेपाली सेनाको सहयोगबाट एक गर्भवती महिलाको ज्यान जोगिएको छ ।
अत्याधिक रक्तश्रावका कारण सिकिस्त बिरामी बनेकी भोजपुर छिनामखु– स्थायी ठेगाना भई हाल जिल्लाकै बाम्राङ–७ बस्दै आएका गोपाल कटवालकी श्रीमती २० वर्षीया मीना कटवालको ज्यान सेनाले बचाएको हो ।

परिवारले आर्थिक अभावमा एम्बुलेन्सको व्यवस्था गर्न नसक्दा प्रसव बेदनाले छट्पटाइरहेकी मीनालाई सदरमुकाम दिक्तेलस्थित जवरजङ गणको सेनाले गाडीले अस्पताल पुर्‍याएको थियो ।

मीनाले अस्पतालमा बच्चा जन्माएको र आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us