पत्रकारलाई बालुवाटार प्रवेशमा रोक

काठमाण्डु टुडे २०७० फागुन ८ गते ६:२९ मा प्रकाशित

Baluwatarकाठमाण्डु, ८ फागुन– पत्रकारहरुलाई बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास प्रवेशमा रोक लगाइएको छ ।

प्रधानमन्त्री सुशील कोइराला सरकारी निवास प्रवेश गरेको समाचार संकलनका लागि गएका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ ।

‘माथिको आदेश’ भन्दै समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले बिहीबार बिहान तीन नम्बर गेटमै रोकेका थिए ।

समाचार संकलन तथा छायाङ्कनमा रोक लगाएपछि सञ्चारकर्मी त्यसै फर्किएका थिए ।

कोइराला महाराजगञ्जस्थित डेराबाट बिहीबार सरकारी निवास सरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us