नेविसंघद्वारा क्याम्पस तोडफोड

काठमाण्डु टुडे २०७० फागुन ८ गते ६:१७ मा प्रकाशित

nebisanghaचितवन, ८ फागुन – आफूहरुसँग विगतमा गरिएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै नेपाल विद्यार्थी संघ सम्बद्ध विद्यार्थीहरुले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् ।

तोडफोडबाट क्याम्पसको प्रशासन र लेखा शाखाका कुर्ची र झ्यालका सिसामा क्षति पुगेको छ ।

भर्ना शुल्क खारेज गर्नुपर्ने, छात्रवृत्तिलाई पारदर्शी गराइनुपर्नेलगायतका विभिन्न छ बुँदे माग कार्यान्वयन नभएकाले बाध्य भएर दबाबस्वरुप आन्दोलनमा उत्रनुपरेको नेपाल विद्यार्थी संघ सप्तगण्डकी बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष राजेश भुसालले बताए ।

क्याम्पसमा भएको तोडफोडका कारण बिहानीसत्रको पठनपाठन प्रभावित भएको छ । विगतका सहमति तत्काल कार्यान्वयन गर्न क्याम्पस प्रशासनलाई १२ घण्टे अल्टिमेटम दिइएको भुसालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us