सभाध्यक्ष नेम्वाङ र चिनिया राजदुतबीच भेट

काठमाण्डु टुडे २०७० फागुन ८ गते ९:१५ मा प्रकाशित

subash nembangकाठमाण्डु, ८ फागुन – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग नेपालका लागि चीनका राजदूत वु चुन्ताईले आज सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा राजदूत वुले संविधानसभाको अध्यक्ष पदमा निर्वाचित भएकोमा चिनियाँ जनकँग्रेस स्थायी समितिका अध्यक्ष झाङ डेजियाडले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थियो ।

सो अवसरमा द्विपक्षीय सम्बन्ध, दुई देशका संसद् र सांसदहरुबीचको सम्बन्ध विस्तार, आपसी सहयोगलगायत विषयहरुमा कुराकानी भएको थियो ।

भेटमा सभाध्यक्ष नेम्बाङले नेपालको एक चीन नीति एवम् नेपालको भूमीमा चीन विरोधी कुनै पनि किसिमको गतिविधि हुन नदिइनेतर्फ नेपाल प्रतिबद्ध रहेको बताएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us