संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल (लाइभ)

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १५:१७ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– अर्थमन्त्री विष्णुप्रसाद पैडेलले संघय संसदका दुवै सदनको संयुक्त आगामी आर्थिक वर्ष २०८२/०८३ को अनुमानित आय तथा व्ययको विवरण (बजट) प्रस्तुत गरिरहेका छन् ।

संविधानको धारा ११९ को उपधारा (३) मा अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था गरेको छ । श्रोतको दबाबबीच अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना अयोगले निर्धारण गरेको १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको अर्थ मन्त्रालय श्रोतले जनाएको छ ।

बजेटमा योजना बैंकमा नपरेका तीन करोडभन्दा साना आयोजना समावेश नगर्ने, नयाँ आयोजना नथप्ने मन्त्रालयले जनाएको छ । यस्तै पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको समितिले दिएका सुझावका आधारमा सामाजिक सुरक्षा भत्ता पाउनेहरुको उमेर ६८ बाट बढाएर ७० कायम गरिनेछ ।
सामाजिक सुरक्षामा बढ्दो दायित्व नियन्त्रणका लागि उमेर हद दुई वर्ष बढाउन समितिले सिफारिस गरेको थियो । यो वर्षको बजेटमा कर्मचारीको तलब छ ।

 

https://hr.parliament.gov.np/np/parliamentLive 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us