चितवन, ८ फागुन – आफूहरुसँग विगतमा गरिएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै नेपाल विद्यार्थी संघ सम्बद्ध विद्यार्थीहरुले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । तोडफोडबाट क्याम्पसको प्रशासन र लेखा शाखाका कुर्ची र झ्यालका सिसामा क्षति पुगेको छ । भर्ना शुल्क खारेज गर्नुपर्ने, छात्रवृत्तिलाई पारदर्शी...
दार्चुला, ८ फागुन – सरकारले राष्ट्रिय वनको संरक्षण गर्न सामुदायिक वनको अवधारणा लागू गरी समुदायलाई वन हस्तान्तरण गरेपनि सामुदायिक वन संरक्षण हुनुको साटो यहाँ सामुदायिक तथा राष्ट्रिय वनमा दिनानुदिन चोरी–सिकारी बढ्दै गएको छ । अहिले दार्चुलामा जिल्ला वन कार्यालयअन्तर्गत कुल १६३ र अपिनाम्पा संरक्षण...
सिरहा, ८ फागुन – नेपालमा गैरकानुनी रूपमा प्रयोग गर्दै आएका भारतीय एन्टेना तथा मोबाइल नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय लहानले अभियान चलाएको छ । अभियानका क्रममा लहान नगरपालिका–२ र ४ बाट आठ थान एन्टेना नियन्त्रणमा लिइएको छ । भारतीय नम्बरको मोबाइल नेपालमा प्रयोग गर्नु...
काठमाण्डु, ८ फागुन– प्रधानमन्त्री सुशील कोइराला बालुवाटारस्थित सरकारी निवास सरेका छन् । व्यवस्थापिका–संसदबाट प्रधानमन्त्री निर्वाचित भएको १० दिनपछि कोइराला बिहीबार सरकारी निवास सरेका हुन् । उनी ज्योतिषिले जुराइदिइको शुभसाइतमा बिहान १० बजेर २० मिटेनमा बालुवाटार प्रवेश गरेका थिए । कोइराला यसअघि महाराजगञ्जस्थित भाडाको घरमा...
दोहा, ८ फागुन– कतार भ्रमणमा रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्यहाँका प्रधानमन्त्रीसँग भेट गर्दैछन् । उनले पूर्वप्रधानमन्त्रीका हैसियतमा कतारी प्रधानमन्त्री अव्दुल्लाह विन नासिर विन अल थानीलाई भेट्न लागेका हुन् । माओवादी केन्द्रीय सदस्य एवम् विदेश विभाग सदस्य युवराज चौलागाईंका अनुसार प्रचण्डले...
काठमाण्डु, ८ फागुन– सरकार नेतृत्वकर्ता नेपाली काँग्रेससँग गृह मन्त्रालयको विषयलाई लिएर विवाद चर्किएका बेला एमाले स्थायी कमिटि बैठक आज बस्दैछ । पार्टी मुख्यालय बल्खुमा अपराह्न बस्ने बैठकले सरकारमा सहभागी हुने/नहुनेबारे ठोस निर्णय लिने सम्भावना रहेको एक नेताले बताए । एमालेले सरकार गठनअघि भएको सात...
काठमाण्डु, ८ फागुन– संविधानसभा कार्यसञ्चालन नियमावली मस्यौदा तयार गर्न गठित समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ । मस्यौदा तयार पार्न दिइएको समय सकिन दुई दिन बाँकी छँदा आज समितिको बैठक बस्न लागेको छ । संविधानसभाले गत बुधबार १० दिनभित्र मस्यौदा प्रतिवेदन बुझाउने गरी...
विराटनगर, ७ फागुन – नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपा एमालेको सहभागितामा यही फागुन १० गतेभित्र मन्त्रिमण्डल विस्तार हुने दावी गरेका छन् । विराटनगरमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै सिटौलाले छलफलबाट विश्वासको वातावरण सिर्जना गरी गृहमन्त्रालयसहितको मन्त्रिमण्डल विस्तार हुने दावी गरेका हुन् । प्रधानमन्त्री सुशील...
काठमाण्डु, ७ फागुन – नवनियुक्त महान्यायाधिवक्ता बाबुराम कुँवरले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहका बीच उनले सपथ लिएका हुन् । राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले नवनियुक्त महान्यायाधिवक्ता कुँवरलाई शपथ गराए । समारोहमा...
काठमाण्डु, ७ फागुन – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले एक वर्षभित्र संविधान निर्माण गर्न आफ्नोतर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । राष्ट्रपति डा रामवरण यादवसँग पद तथा गोपनीयताको शपथ लिएपछि आफ्नो कार्यकक्ष सिंहदरबारमा पदभार ग्रहण गर्दै नेम्वाङले दलहरुले जनताका सामु गरेको प्रतिबद्धताअनुरुप संविधान लेखन...
काठमाण्डु, ७ फागुन – नेकपा एमालेका सचिव युवराज ज्ञवालीले गृह मन्त्रालय आफ्नो पार्टीले नपाए नेपाली काँग्रेसको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका छन् । संवाद क्लबले बुधबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले गृह नपाए सरकारमा नजाने बताएका हुन् । उनले भने, ‘लिखित...
काठमाण्डु, ७ फागुन – नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले सरकारी संस्थानहरु राजनीतिक दलको क्रिडास्थल बनेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)को ५३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् । व्यवस्थापन र कर्मचारीको संयुक्त प्रयासले मात्र सरकारी संस्थानहरु प्रभावकारी...