गृह नपाएसम्म एमाले सरकारमा नजाने

काठमाण्डु टुडे २०७० फागुन ८ गते १२:१२ मा प्रकाशित

balkhuकाठमाण्डु, ८ फागुन – नेकपा एमाले पूर्वसहमति कार्यान्वयन नभएसम्म सरकारमा नजाने भएको छ ।

विहीबार बसेको एमाले स्थायी समिति बैठकले सहमति पालना नभएसम्म सरकारमा नजाने निर्णय गरेको हो ।

काँग्रेस ७ बुँदे सहमति पालना गर्न तयार भएमात्र सरकारमा जाने निर्णय भएको बैठक पछि एक नेताले जानकारी दिए ।
काँग्रेस र एमालेबीच गृहमन्त्रालयका विषयमा कुरा नमिल्दा सरकारले पूर्णता पाउन सकेको छैन ।

एमाले गृह नपाए सरकारमा नजाने अडानमा छ भने, काँग्रेसले गृह र अर्थमन्त्रालय कुनै हालतमा नदिने बताउँदै आएको छ ।

प्रधानमन्त्री कोइरालाले एमाले सहभागी नभएपनि शुक्रबार मन्त्रीमण्डल विस्तार गर्ने योजना बनाएका छन् ।

पटक–पटक आग्रह गर्दा पनि एमालेले मन्त्रीहरुको नाम नदिएपछि कोइरालाले आफ्नै पार्टीका केही मन्त्रीलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्न लागेको स्रोतले जनाएको छ ।

साथै, एमालेले आफ्नो नवौं महाधिवेशन जेठमा सार्ने प्रस्ताव पनि केन्द्रीय समितिमा लैजाने भएको छ । बैशाखमा गर्ने भनिएको महाधिवेशन आन्तरिक तयारी नपुगेको भन्दै जेठमा सार्ने प्रस्ताव केन्द्रीय समितिमा लैजान लागिएको हो । एमाले केन्द्रीय कमिटि बैठक १० गते बस्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us