एमाले नेता ज्ञावालीको अनौठो प्रस्ताव

काठमाण्डु टुडे २०७० फागुन ८ गते १०:१९ मा प्रकाशित

Pradip-Gyawaliकाठमाण्डु, ८ फागुन – एमाले नेता प्रदिप ज्ञावालीले गृह मन्त्रालय एमालेलाई दिने सहमति भएको छैन भनेर काँग्रेस नेताहरुले झुट बोलेको बताएका छन् । रिपोटर्स क्लवमा आयोजित साज्ञात्कारमा बोल्दै ज्ञावालीले सो कुरा बताएका हुन् ।

‘सहमति नभई एमालेले हावाको भरमा व्यक्ति र पदको निर्णय गर्दैन,’ ज्ञावालीले भने, ‘शंका लागे प्रहरीकोमा डिटेक्टर छ अरे कसले झुठ बोलेको त्यही गएर परीक्षण गरे हुन्छ ।’

पहिले नै गृह नदिने भनेको भए अर्कै परिस्थिति हुनसक्थ्यो भन्दै ज्ञावालीले समर्थन पाईसकेपछि कुरा फेर्नु धोका हो, भने । साथै उनले काँग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने क्रममा तीन खाले सहमति भएको खुलासा गरे ।
दुई दलका अध्यक्षहरुले हस्ताक्षर गरेको लिखित सात बुँदे सहमतिका अलावा राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गराउने र प्रधानमन्त्री सहित १३ मन्त्रालय काँग्रेसले तथा उपप्रधान तथा गृह मन्त्रालयसहित १३ मन्त्रालय एमालेले राख्ने मौखिक सहमति भएको उनको दावी छ ।
संविधान जारी भएको ३५ दिन भित्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्रीको निर्वाचन गराउने लगायतका विषयकोसमेत ड्राफ्ट बने पनि हस्ताक्षर नभएको ज्ञावालीको दावी छ ।
काँग्रेसले सहमति कार्यान्वयन नगरे सरकारमा नजाने तर समर्थन जारी रहने उनको भनाई छ । तर सरकारलाई कति दिनसम्म समर्थन कायम रहन्छ भन्ने कुरा सरकारको काममा भर पर्ने ज्ञावालीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us