प्राधिकरणका पूर्वप्रबन्धकसहित चार अख्तियारको नियन्त्रणमा

काठमाण्डु टुडे २०७० फागुन ८ गते १२:३८ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogकाठमाण्डु, ८ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालिन प्रबन्धकसहित चार जनालाई हिरासतमा लिएको छ ।

ट्रान्सफर्मर खरिद सम्बन्धी ठेक्कामा अनियमतिता गरेको अभियोगमा अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा प्राधिकरणका तत्कालीन प्रबन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु, तत्कालीन भण्डार प्रमुख नारायणप्रसाद चौधरी र तत्कालीन लेखा अधिकृत सुरेश कुमार कटुवाल रहेका छन् ।

प्रक्राउ परेका चारैजनालाई अख्तियारको केन्द्रीय कार्यालय टंगालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us