समाचार

सभाध्यक्षमा नेम्वाङ निर्विरोध

२०७० फागुन ६ गते १४:३९

काठमाण्डु, ६ फागुन – एमाले नेता सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको संविधानसभा बैठकले नेम्वाङलाई निर्विरोध निर्वाचित गरेको हो । सभाध्यक्षका लागि नेम्वाङको मात्रै उम्मेदवारी परेको थियो । बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य सूर्यबहादुर थापाले नेम्वाङको मात्रै उम्मेदावारी परेकाले...

सहयोगी नियुक्त गर्दै कोइराला

२०७० फागुन ६ गते १४:२६

काठमाण्डु, ६ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले आर्थिक तथा विदेश मामिला सल्लाहकार नियुक्त गरेका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा पूर्वसहसचिव दिनेश भट्टराई तथा आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाललाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल यसअघि अर्थमन्त्रालयको सल्लाहकार थिए...

कमललाई सूर्यबहदुरले रोष्टममा जान दिएनन्

२०७० फागुन ६ गते १३:२७

काठमाण्डु, ६ फागुन – राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मंगलबारको संविधानसभा बैठकमा सम्बोधनका लागि रोष्टममा दिइएन । सम्बोधनका लागि ३ मिनेटको समय पाएका थापा रोष्टमतर्फ जाँदैगर्दा जेष्ठ सदस्यको हैसियतमा संविधानसभाको बैठकको अध्यक्षता गरिरहेका सूर्यबहादुर थापाले आफ्नै स्थानबाट बोल्न आग्रह गरेका हुन् । त्यसअघि प्रमुख...

नेम्वाङ फेरि आएकामा प्रचण्ड आक्रोशित

२०७० फागुन ६ गते १२:५०

काठमाण्डु, ६ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा अध्यक्षमा सुवासचन्द्र नेम्वाङको पुनरागमनले संविधानसभाबाट नयाँ संविधान नबन्ने खतरा बढेको बताएका छन् । मंगलबार संविधानसभा बैठकमा बोल्दै उनले संविधानसभामा अधिकांश नेता र सभाध्यक्षमा नेम्वाङ आउनुले नकारात्मक सन्देश नदिएको बताए । ‘नेम्वाङ विगतमा असफल...

दुई दिनदेखि हिउँले पुरिएका तीन जनाको जिवितै उद्धार, एक जना मृत फेला

२०७० फागुन ६ गते ११:५२

काठमाण्डु, ६ फागुन – दोलखाको कालिञ्चोक भगवतिको दर्शन गर्न गएकी एक बालिकाको हिउँले पुरिएर मृत्यु भएको छ । उनीसँगै गएका परिवारका अन्य तीन सदस्यको भने गम्भीर बिरामी अवस्थामा जिवितै उद्धार गरिएको छ । दोलखाको बाबरे गाविस वडा नं. ८ सिस्नेरी स्थायी घरभई दार्जिलिङ बस्दै...

लागु औषधसहित दुई जना पक्राउ

२०७० फागुन ६ गते ११:१७

भक्तपुर, ६ फागुन – महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बिक्रीका लागि राखिएको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–८ बस्ने वर्ष २५ का रविन रञ्जितकार र मध्यपुरथिमि नगरपालिका–३ बस्ने वर्ष २४ का सजित धौबन्जारलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको...

एसएलसीको परीक्षा केन्द्र निर्धारण

२०७० फागुन ६ गते ११:१२

भक्तपुर, ६ फागुन – परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आगामी चैत ६ देखि १४ गतेसम्म हुने यसवर्षको एसएलसी (प्रवेशिका) परीक्षाका लागि देशभर एक हजार ८३६ वटा परीक्षा केन्द्र कायम गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालका अनुसार गतवर्ष एक हजार ७८६ परीक्षा...

एमालेलाई काँग्रेसको प्रस्ताव, ‘गृहविनै सरकारमा आऊ’

२०७० फागुन ६ गते ११:०६

काठमाण्डु, ६ फागुन – नेपाली काँग्रेसले गृह बाहेकको मन्त्रालय लिएर सरकारमा सहभागी हुन नेकपा एमालेलाई आग्रह गरेको छ । एमालेले गृह मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडान लिइरहेकाबेला प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाले सरकारमा आउन आग्रह गरेका हुन् । एमाले सरकारमा सहभागी नभएपछि कोइराला...

एमाले उपाध्यक्ष गौतमले भने, ‘काँग्रेसको पुच्छर बनेर सकारमा जाँदैनौं’

२०७० फागुन ६ गते ९:२१

काठमाण्डु, ६ फागुन – नेकपा एमालेको उपाध्यक्ष बामदेब गौतमले नेपाली काँग्रेसको पुच्छर बनेर सरकारमा नजाने प्रष्ट पारेका छन् । रिपोटर्स क्लवमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै गौतमले काँग्रेसको पुच्छरबन्दै टाङमुनी छिरेर सरकारमा नजाने बताएका हुन् । ‘आफूसँग बहुमत नभएको काँग्रेसले टाङमुनी छिराएर एमालेलाई दयाको भिख...

पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी

२०७० फागुन ६ गते ९:०७

काठमाण्डु, ६ फागुन । नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले काठमाण्डुको सिनामंगलस्थित पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ । संगठनका सचिव खगेश्वर केसीले सो कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी दिए । विश्वविद्यालयभित्र प्रश्नपत्र बिक्री गरिएको, १८ महिनादेखिको परीक्षाको नतिजा प्रकाशन नगरिएको, उपकुलपति र रजिस्ट्रारबीचको...

हवाई सुरक्षा र मापदण्ड कार्यान्वयनबारे अध्ययन सुरु

२०७० फागुन ६ गते ८:२०

चितवन, ६ फागुन – चितवनको भरतपुर विमानस्थल वरपर हवाई सुरक्षाको मापदण्डबारे अनुसन्धान सुरु गरिएको छ । चितवन प्रशासन, भरतपुर विमानस्थलका प्रतिनिधि र भरतपुर नगरपालिकाको संयुक्त टोलीले हवाई सुरक्षा र मापदण्ड लागू भए/नभएकोबारे अनुसन्धान सुरु गरेको हो । अनुसन्धान टोलीले एक महिनापछि प्रतिवेदन बुझाउने गरी...

हुलाकी सडकबाट रेल मार्ग लैजान माग

२०७० फागुन ६ गते ७:२०

परासी, ६ फागुन – सरकारले अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीलाई जोडेर विस्तार गर्न लागेको सिमरा–लुम्बिनी पूर्व पश्चिम विद्युतीय रेल मार्ग नवलपरासीको हुलाकी सडकलाई केन्द्रित गरी विस्तार गर्न स्थानीय राजनीतिक दलहरुले माग गरेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको पूर्व पश्चिम रेलवेको नवलपरासीको पूर्व पश्चिम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us