काठमाण्डु, ८ फागुन – संविधानसभा उपाध्यक्षको चुनाव यही फागुन १४ गते हुने भएको छ । संविधानसभाको विहीबार बसेको बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी कार्यतालिका सार्वजनिक गरेका हुन् ।
नेम्वाङले सभाध्यक्षमा निर्वाचित भए पछि विहीबार पहिलो पटक बैठकको अध्यक्षता गरेका छन् ।
बैठकको अध्यक्षता गरेपछि बोल्दै नेम्वाङले एक वर्षभित्र जसरी पनि संविधान निर्माण गर्नुपर्ने बताए ।
संविधानसभाको पहिलो बैठक बसेको १ वर्षभित्र जसरी पनि संविधान बन्नुपर्ने भन्दै उनले अब ११ महिनामात्रै समय बाँकी रहेकोमा दलहरुको ध्यानाकर्षण गराए ।
‘विवादित विषयमा कहिलेसम्म सहमतिको प्रयास गर्ने भन्ने विषय कार्यतालिका बन्नु अगावै तय हुनुपर्छ, नेम्वाङले भने । साथै नेम्वाङले आफू एमालेको कुनै बैठकमा उपस्थित नहुने भन्दै तथष्ट रहने प्रतिवद्धता जनाएका छन् ।
कार्यव्यवस्था परामर्श समितिमा तीनजना थप
संविधानसभा/व्यवस्थापिका–संसद्को कार्यव्यवस्था परामर्श समितिमा तीनजना सभासद् थपिएका छन् । संविधानसभाको बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले मनोनयन गरिएका सभासद्को नाम प्रस्तुत प्रस्तुत गरेका थिए ।
समितिमा मनोनयन गरिएका सभासद्मा पूर्णबहादुर खड्का, महालक्ष्मी (डीना) उपाध्याय र मीनबहादुर विश्वकर्मा छन् ।