समाचार

सवारी दुर्घटनामा एकको मृत्यु

२०७० चैत १४ गते ५:३३

सप्तरी, १४ चैत – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर–६ स्थित सडकखण्डमा आज बिहान सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । घाइतेमध्ये छजना यात्रुको अवस्था गम्भीर छ । काठमाण्डुबाट काँकडभिट्टातर्फ जाँदै गएको ना.४ख ३७८८ नम्बरको यात्रुवाहक बसले सडकमै राकिराखेको ना.२ख...

संविधान सभा बैठक बस्दै

२०७० चैत १४ गते ५:२९

काठमाण्डु, १४ चैत –संविधानसभाको वैठक संविधानसभाको वैठक आज बस्ने भएको छ । संविधानसभा तथा व्यवस्थापिका संसदको नियमावली पारित भएसँगै स्थगित भएको संविधानसभाको वैठक आजका लागि डाकिएको हो । आजबाट संविधानसभा नियमावली २०७० मा भएको प्रावधान अनुसार सभाले काम थाल्ने छ । नियमावलीमा भएका व्यवस्था...

भट्टराईले क्याम्पस पढाए

२०७० चैत १४ गते २:५८

काठमाण्डु, १४ चैत –पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादी नेता बाबुराम भट्टराईले क्याम्स पढाएका छन् । उनले शुक्रबार पहिलो कक्षा लिएका हुन् । ललितपुरको बालकुमारीमा रहेको स्कूल अफ म्यानेजमेन्ट प्रमिस कुसुम कलेजमा भट्टराइले  कक्षा लिएका हुन् । भट्टराईले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणमा युवाको भूमिका विषयका...

एउटै आरनबाट सत्ताइस परिवारको गुजारा

२०७० चैत १४ गते १:१०

बैतडी, १४ चैत – बैतडी भटना गाविसमा २७ जना दलित परिवारले एउटै आरनबाट गुजारा चलाउँदै आएका छन् । पुर्खौैंदेखि चलिआएको आरन उद्योगलाई नयाँ पुस्ताले समेत रोजगारीको माध्यम बनाएका छन् । भटना–१ भिताडी गाउँमा बसोबास गर्ने २७ दलित परिवारले आरन उद्योगबाट विभिन्न धातुका भाँडावर्तन निर्माण...

प्रचण्डपुत्री ज्ञानुको ४० वर्षको उमेरमा निधन

२०७० चैत १३ गते १३:३४

काठमाण्डु, १३ चैत – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जेठी छोरी ज्ञानु केसीको विहीबार निधन भएको छ । ४० वर्षीया ज्ञानु लामो समयदेखि क्यान्सरबाट पीडित थिइन् । चावहिलस्थित ओम अस्पतालले बुधबार डिस्चार्ज गरे पनि श्वासप्रश्वासमा समस्या देखिएपछि  विहीबार बिहान ५ बजे पुन: ओम अस्पताल...

सहमतिमा चुनावको मिति घोषणा हुनुपर्छ : थापा

२०७० चैत १३ गते १३:१२

हेटौडा, १३ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सहमति मै स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनु पर्ने बताएका छन् ।  राप्रपा नेपाल मकवानपुरद्वारा छतिवन गाविसको हात्तिसुडेमा विहीबार आयोजित भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । १६ वर्षदेखि स्थानीय निकायको निर्वाचन...

सभासद् मनोनित गर्नु देशका लागि घातक : बिजुक्छे

२०७० चैत १३ गते १३:१०

भक्तपुर, १३ चैत – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभामा २६ सदस्य मनोनित गर्ने परम्परा देशकै लागि घातक हुने बताएका छन् । भक्तपुरको रफत सञ्चार क्लबमा विहीबार आयोजित कार्यक्रममा उनले प्रतिगमनका समयमा विभिन्न मोर्चालाई समेट्न बसालिएको यो परम्परालाई राजनीतिक दलहरुले भागबण्डामै सीमित...

सार्कको अठारौँ शिखर सम्मेलन १४ नोभेम्बरमा

२०७० चैत १३ गते १३:०९

काठमाण्डु, १३ चैत – सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलन आगामी नोभेम्बर १४ मा गर्ने भएको छ । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा सार्कको १८ औँ शिखर सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापकीय तयारी गर्न सम्बन्धित मन्त्रालयलाई...

संसद सेवाका कर्मचारी आन्दोलनमा

२०७० चैत १३ गते १२:५४

काठमाण्डु, २३ चैत – संविधानसभाको बैठक सञ्चालनमा आएसँगै कामको तेहोरो जिम्मेवारी बोक्नुपरेको जनाउँदै संसद् सेवाका कर्मचारीहरु थप भत्ता र आर्थिक सेवा सुविधा वृद्धिको मागसहित आन्दोलनमा उत्रेका छन् । उनीहरु व्यवस्थापिका–संसद्को काम कारबाहीलाई प्रभावित नहुने गरी हातमा कालोपट्टि बाँधेर विरोधमा उत्रेका हुन् । हाल संसद्...

बालमैत्री संविधान बनाउने सभामुखको प्रतिवद्धता

२०७० चैत १३ गते १२:३४

काठमाण्डु, १३ चैत – सभामुख सुवास नेम्वाङले अब बन्ने संविधान बालमैत्री हुने बताएका छन् । चिल्ड्रेन नेपाल पोखराको संयोजनमा विहीबार कास्की, पर्वत र तनहुँबाट बालमैत्री संविधान निर्माणको माग राख्न आएका बालबालिकासँगको भेटमा सभामुख नेम्वाङले संविधानसभाले विगतमा गरेको कामहरुको स्वामित्वसमेत लिएर अब चार वर्षमा होइन...

खनालले भने, ‘एउटै कम्युनिष्ट केन्द्र बनाउन पहल गर्छु’

२०७० चैत १३ गते ११:५५

काठमाण्डु, १३ चैत – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुकका सबै कम्युनिष्टहरु एक हुनुपर्ने बताएका छन् । नेपाल अध्ययन केन्द्रले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले एउटै कम्युनिष्ट केन्द्र बनाउनु पर्ने बताए । कम्युनिष्टहरुलाई एक बनाउन एमालेले पहल गर्ने भन्दै उनले आफूले त्यसको...

भैँसी खेल्ने तालमा विद्यालय बनेपछि…

२०७० चैत १३ गते ९:२७

नुवाकोट, १३ चैत । ‘हामी सानो हुँदा यहाँ भैँसी खोल्ने ताल थियो, हामी पनि बेलाबेलामा आएर खेल्थ्यौँ, अहिले विद्यालय चलेको देख्दा अत्यन्त खुसी लागेको छ ।’ स्थानीय समाजसेवी दासलाल श्रेष्ठसँग आफ्नो तीन दशक अगाडिको बाल्यकालको सम्झनामा ताजै छ । दासलालहरु सानो छँदा खानीगाउँमा विद्यालय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us