संविधान सभा बैठक बस्दै

काठमाण्डु टुडे २०७० चैत १४ गते ५:२९ मा प्रकाशित

ca houseकाठमाण्डु, १४ चैत –संविधानसभाको वैठक संविधानसभाको वैठक आज बस्ने भएको छ ।

संविधानसभा तथा व्यवस्थापिका संसदको नियमावली पारित भएसँगै स्थगित भएको संविधानसभाको वैठक आजका लागि डाकिएको हो ।

आजबाट संविधानसभा नियमावली २०७० मा भएको प्रावधान अनुसार सभाले काम थाल्ने छ । नियमावलीमा भएका व्यवस्था अनुसार संवैधानिक समिति र संसदीय समितिहरुलाई भने पूर्णता दिन बाँकी रहेको छ ।

ती समितिमा रहनेहरुको नामावली आजको वैठकमा सभामुख समक्ष पेश गर्ने दलहरुले तयारी गरेका छन् ।

यसैगरी आजको वैठकमा विगतको संविधानसभाले गरको कामको स्वामित्व लिने विषयको प्रस्ताब पनि पेश गर्ने तयारी गरिएको छ । संविधानसभाको पहिलो वैठकमै उक्त प्रस्ताब पेश गर्ने तयारी गरिएपनि चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विरोध जनाएपछि प्रक्रिया रुकेको थियो ।

तीन दलको सहमति अनुसार यसअघि भएको चार बुदे सहमति कार्यान्व्यन गरेर अगाडि बढ्ने तयारी गरिएको छ ।

एकीकृत माओवादीले संविधानसभाको निर्वाचनमा धाँदली भएको आरोप लगाउदै संविधानसभानै बहिष्कार गर्ने घोषणा गरेपछि कांग्रेस र एमालेले माओवादीलाई फकाउन ४ बुदे सहमति गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us