काठमाण्डू, २८ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या भएपछि ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।
‘अध्यक्षज्यू दाँतको समस्या भएपछि अस्पताल आउनु भएको हो । अहिले उपचार भइरहेको छ,’ ओलीको सचिवालय प्रमुख निरुदेवी पालले भनिन् ।