सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैनः अमरेश सिंह

काठमाण्डु टुडे २०८३ जेठ २८ गते १७:२४ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति जनाएका छन ।

आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट माथि टिप्पणी गर्दै उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने पनि बताएका छन ।

सांसद सिंहले भने, ‘म संविधानको हस्ताक्षर गरेको माननीय हो तर संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारमा किन कसरी कर लिन पाइन्छ ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us