बालेनलाई अर्जुन र स्वर्णिमलाई विदुर भन्दै सुलभ खरेलले गरे बजेटबारे तीन आलोचना

काठमाण्डु टुडे २०८३ जेठ २८ गते १७:०८ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै रोचक शैलीमा राजनीतिक नेतृत्वलाई महाभारतका पात्रहरूसँग तुलना गरेका छन ।

अर्थमन्त्रीले पेस गरेको २१ खर्ब २४ अर्बको बजेट चुनौतीपूर्ण रहेको र यसमा अर्थमन्त्रीको टेस्ट हुने भन्दै उनले बजेटका विषयमा मुख्य गरी तीन वटा आलोचनात्मक टिप्पणी गरेका छन् ।

बजेटमाथिको छलफलमा भाग लिँदै खरेलले वर्तमान परिदृश्यलाई महाभारतको रणभूमिसँग तुलना गरे। उनले प्रधानमन्त्रीको भूमिकामा रहेका बालेन्द्र शाह (बालेन) लाई युद्ध भूमिमा लक्ष्यमा केन्द्रित लडाकु अर्जुनको संज्ञा दिए। त्यसैगरी, पार्टी सभापति रवि लामिछानेलाई ‘श्रीकृष्ण’ र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सत्य बोल्ने, अर्थ, शासन र नैतिकताको दीर्घकालीन हित सोच्ने ‘विदुर’ को रूपमा चित्रण गरे ।

अर्थमन्त्रीलाई विदुरको उपमा दिएका खरेलले बजेटका केही सकारात्मक पक्षको स्वागत गर्दै मुख्य दुई विषयमा भने गम्भीर कडा आलोचना गरे ।

उनले साना कम्पनीलाई कर्पोरेट करको मार, अभिभावकको ढाड सेक्ने ३ प्रतिशत शिक्षा कर र न्यायपालिकालाई कम बजेट भन्दै आफ्नै सरकारको आलोचना गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us