समाचार

१० महिने बालकको पेटमा सात महिनाको बच्चा !

२०७० चैत १५ गते १:१८

काठमाण्डु, १५ चैत –कान्ति बाल अस्पतालमा उपचारका लागि ल्याइएका १० महिने बालको पेटबाट चिकित्सकहरुले सात महिनाको भु्रण निकालेका छन् । शल्यक्रिया गर्दा ट्यूमरका रुपमा विकसित हुँदै गएको भु्रणको तौल तीन सय ग्राम थियो । भु्रण निकालेपछि बालकको अवस्था सामान्य हुँदै गएको छ । सर्लाही...

नेपालमा धरपकड नरोकेमा प्रवासमा बिरोध हुने

२०७० चैत १४ गते १८:३०

बेल्जियम १५ चैत–जनप्रगतिशिल मञ्च बेल्जियमले एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीका नेता कार्यकर्ता माथिको दमन धरपकड तत्काल नरोकेमा प्रवासमा बिरोध कार्यक्रम गर्ने घोषणा गरेको छ । मञ्चको हालै बसेको बैठकले जनबिरोधी हर्कत तत्काल रोकेर सत्य निरुपण तथा वेपत्ता छानवीन आयोग गठन गर्न माग गरेको छ...

घुस खाने र खुवाउने दुवै अपराधी: प्रधानमन्त्री

२०७० चैत १४ गते १३:४६

नेपालगञ्ज, १४ चैत – प्रधानमन्त्री सुशील कोइरालाले विकास बजेटमा हुने भ्रष्टाचार र घुसखोरी अन्त्य सरकारको प्राथमिकता भएको बताएका छन् । निर्माण व्यवसायी महासंघको १६ औं साधारणसभाको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै कोइरालाले खुस खाने र खुवाउने दुवै अपराधी भएको बताए । उनले विकास निर्माणको रकममा...

माओवादी भन्छ–‘जनसत्ताले पास गरेका घरजग्गाको लालपूर्जा देऊ’

२०७० चैत १४ गते १३:२४

काठमाण्डु, १४ चैत– एकीकृत माओवादीले १० वर्षे सशस्त्र जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई दिन बाँकी राहत तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । पूर्वपदाधिकारी सम्मिलित केन्द्रीय कार्यालयको शुक्रबारको बैठकले तत्काल राहत उपलब्ध गराउन माग गरेको अध्यक्ष प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए...

संविधानसभामा पाँच समिति गठन

२०७० चैत १४ गते १२:४०

काठमाण्डु, १४ चैत– संविधानसभाले पाँचवटा समिति गठन गरेको छ । संविधानसभाको शुक्रबार बसेको बैठकले तीन विषयगत र दुईवटा प्रक्रियागत समिति गठन गरेको हो । बैठकले ७१ सदस्यीय संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति, ७१ सदस्यीय संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति र ६८ सदस्यीय...

माथिल्लो कर्णाली आयोजना राष्ट्रघाती: वैद्य

२०७० चैत १४ गते १२:०४

काठमाण्डु, १४ चैत– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माणको काम तत्काल रोक्न माग गरेका छन् । कर्णाली जलाधार संरक्षण समितिले राजधानीमा शुक्रबार गरेको कार्यक्रममा वैद्यले राष्ट्रिय स्वाधिनताको विषयसँग जोडिएको भन्दै आयोजना रोक्नुपर्ने बताएका हुन् । उनले राष्ट्रहित विपरीत भएको माथिल्लो कर्णालीको...

तीन दलीय सिण्डिकेट खारेज गर: थापा

२०७० चैत १४ गते ११:४७

जनकपुर, १४ चैत– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलले तथाकथित उच्चस्तरीय राजनीतिक समितिका नाममा सिण्डिकेट थोपरेको आरोप लगाएका छन् । जनकपुरमा शुक्रबार भएको एक कार्यक्रममा थापाले कांग्रेस, एमाले र एकीकृत माओवादीले संविधानसभा बाहिर तथाकथित राजनीतिक संयन्त्रका नाममा गैरसंवैधानिक शक्ति केन्द्र र राजनीतिक...

१२ वर्षीया बालिकाको सामूहिक बलात्कार

२०७० चैत १४ गते ११:२०

काभ्रे, १४ चैत– काभ्रेको बनेपामा एक १२ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहमा रहेका व्यक्तिहरुले बालिकालाई स्थानीय बालकुमारी जंगलमा लगेर बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । रामेछाप घर भई उग्रतारा–१ मा डेरा गरी बस्दै आएकी बालिका स्थानीय विद्यालयमा...

संसदीय सुनुवाई विशेष समिति गठन

२०७० चैत १४ गते १०:२७

काठमाण्डु, १४ चैत– व्यवस्थापिका–संसदले संसदीय सुनुवाई विशेष समिति गठन गरेको छ । संसदीय सुनुवाई नहुँदा लामो समयदेखि विभिन्न संवैधानिक निकाय पदाधिकारीविहीन बन्दै आएका बेला शुक्रबार बसेको संसद बैठकले संसदीय सुनुवाई विशेष समिति गठन गरेको हो । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिअघि संसदीय सुनुवाई गर्नुपर्ने संवैधानिक...

गम्भीर मानवअधिकार उल्लंघनका दोषी सरकारी कार्यदलमा

२०७० चैत १४ गते ९:४६

काठमाण्डु, १४ चैत– गम्भीर मानवअधिकार उल्लंघनको अभियोगमा कारबाही सिफारिस गरिका प्रहरी अधिकृतलाई सत्य निरुपण तथा मेलमिलाप आगोयको विधेयक मस्यौदा विशेषज्ञ कार्यदलमा राखेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ । आगोगले कार्यदल सदस्यमा प्रहरी उपरीक्षक चुडाबहादुर श्रेष्ठलाई राखेकामा आपत्ति जनाएको हो । सरकारले बिहीबार...

चिट चोर्न नपाएको झोकमा शिक्षकको घरमा आक्रमण

२०७० चैत १४ गते ९:३०

गौर, १४ चैत– एसएलसी परीक्षामा चिट चोर्न नदिएको झोकमा परीक्षार्थीहरुको समूहले रौतहटमा एक शिक्षकको घर तोडफोड गरेका छन् । जिल्लाको बसबिट्टी जिंगडिया गाविसमा रहेको मध्य क्षेत्रीय प्रहरी अवाशीय विद्यालयका परीक्षार्थीले गरुडास्थित शिक्षक सञ्जय साहको घर तोडफोड गरेका हुन् । चिट चोर्न रोकेकामा आक्रोशित बनेका...

प्रचण्ड सार्वजनिक कार्यक्रममा नजाने

२०७० चैत १४ गते ७:४२

काठमाण्डु, १४ चैत– जेठी छोरी ज्ञानु दाहाल केसीको क्यान्सरका कारण निधन भएपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिन सार्वजनिक कार्यक्रममा नजाने भएका छन् । शोकमा रहेकाले प्रचण्ड केही दिन सार्वजनिक कार्यक्रममा नजाने उनको निजी सचिवालयले जनाएको छ । प्रचण्ड शुक्रबार व्यवस्थापिका– संसद...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us