समाचार

दलहरुबीचको सहमतिप्रति प्रतिवद्ध छौं : महरा

२०७० चैत १५ गते १०:३५

काठमाण्डु, १५ चैत – एमाओवादी नेता एवम् पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रमुख दलहरुबीच भएका सहमतिप्रति आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । संविधानका अन्तरबस्तुमा यसअघि विभिन्न समयमा भएका सहमति महत्वपूर्ण हुने उनको भनाइ छ । नेपाल हटलाइन डट कम नामक न्युज पोर्टलको शनिबार राजधानीमा शुभारम्भ गर्दै...

गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा : स्वास्थ्य मन्त्री

२०७० चैत १५ गते ९:५२

काठमाण्डु, १५ चैत – स्वास्थ्य मन्त्री खगराज अधिकारीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषय सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवाबाट वञ्चित नगराउनेतर्फ सरकार लक्षित...

ससुरालमै श्रीमतीको हत्यापछि आत्महत्या

२०७० चैत १५ गते ९:२२

विराटनगर, १५ चैत – मोरङको विकट पहाडी गाविस टाँडी–१ स्थित ससुराली घर आएका एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाम जिल्लाको बाँझो–८ बस्ने २८ वर्षीय कुमार लिम्बूले घरमा सुतिरहेकी श्रीमती २६ वर्षीया पुष्पा लिम्बूलाई...

मणिमण्डपको उत्खनन कार्य सुरु

२०७० चैत १५ गते ७:५९

जनकपुरधाम, १५ चैत – भगवान् राम र सीताको विवाह प्रसङ्गसँग गाँसिएको धार्मिक स्थल मणिमण्डपको उत्खनन कार्य प्रारम्भ भएको छ । पुरातत्व विभागले सो स्थलको उत्खनन कार्य सुरु गरेको हो । त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् रामले माता सीतासँग विवाह गरेको स्थलका रुपमा सो स्थान पुजनीय...

प्रहरीले अनावश्यक दुःख दिएको गुनासो

२०७० चैत १५ गते ७:३६

दमक, १५ चैत – झापाका होटल व्यवसायीहरुले प्रहरीले अनावश्यक रुपमा होटलमा दुःख दिने गरेको आरोप लगाएका छन् । बेश्यावृत्तिको अभियोगमा दमकका विभिन्न होटलबाट १७ जनालाई प्रहरीले पक्राउ गरेपछि होटल व्यवसायी सङ्घले विरोध जनाएको हो । होटल व्यवसायी सङ्घ क्षेत्रीय समिति दमकले आज पत्रकार सम्मेलन...

हिमपातका कारण यो वर्ष यार्सा धेरै पाइने

२०७० चैत १५ गते ७:०७

डोल्पा, १५ चैत – यस वर्ष डोल्पाका हिमाली पाटनहरुमा उच्च हिमपात भएको छ । गत वर्षभन्दा यस वर्ष तुलनात्मक रुपमा धेरै हिमपात भएकाले ती क्षेत्रमा यर्सा धेरै उम्रने सङ्केत देखिएको स्थानीय बासिन्दाले बताएका छन् । डोल्पाका ४० भन्दा बढी पाटनमा यार्सागुम्बा पाइने गर्दछ ।...

फुटेर होइन, जुटेर काम गर्ने समय आएको छः प्रधानमन्त्री कोइराला

२०७० चैत १५ गते ५:५२

नेपालगन्ज, १५ चैत – प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको आर्थिक विकासका लागि लगानीको वातावरण निर्माणमा सबै पक्ष जुट्नुपर्नेमा जोड दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले वर्तमान सरकारको प्राथमिकता संविधान निर्माण भए पनि आर्थिक विकासलाई पनि सँगै अगाडि...

सिलिण्डर ग्याँस पड्किदा खसी बजारमा आगलागी

२०७० चैत १५ गते ५:००

काठमाण्डु, १५ चैत – महानगरपालिका वडा नम्बर १४ खसी बजारका ज्ञानमणि नेपालको घरमा आगलागी भएको छ । आगलागीका कारण घरमा क्षेती पुगेको छ । सिलिण्डर ग्याँस पड्किदा आगलागी भएको नेपालले जानकारी दिए । नेपालको घरमा डेरा गरि बस्ने भारतीय नागरिक महादेव घुसले खाना बनाउन...

संविधानसभाका तीन समितिको नेतृत्व शीर्ष नेताले गर्ने

२०७० चैत १५ गते ४:१८

काठमाण्डु, १५ चैत –प्रमुख तीन दलबीच संविधानसभाका तीन समितिको नेतृत्व शीर्ष नेताले गर्ने सहमति भएको छ । तीन दलबीच भएको अनौपचारिक सहमति अनुसार संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको नेतृत्व एकीकृत माओवादी अध्यक्ष प्रचण्डले गर्ने छन् । मस्यौदा समितिको नेतृत्वमा एमाले नेता माधबकुमार नेपाल...

दुर्घटनामा प्रहरी जवानको मृत्यु

२०७० चैत १५ गते ३:३६

दाङ, १५ चैत – दाङमा गएराति भएको सवारी दुर्घटनामा एक जना प्रहरीको मृत्यु भएको छ । रा.१. प ८८०१ नम्बरको मोटरसाइकलमा डयूटी जाँदै गरेका प्रहरी जवान मानबहादुर कठायतको जीपको ठक्कर बाट मृत्यु भएको हो । जिपको ठक्करबाट गम्भिर घाइते कठायतको राप्ीत उप क्षेत्रीय अस्पताल...

श्रीमतिको हत्यापछि आत्महत्या

२०७० चैत १५ गते ३:११

काठमाण्डु, १५ चैत –मोरङको टाँडीमा गएराति एक व्यक्तिले श्रीमतीको हत्या गरि आफैलाई खुकुरी प्रहार गरि आत्महत्या गरेका छन् । कुमार लिम्बुले ३२ बर्षिया श्रीमती पुष्पा लिम्बुलाई सुतिरहेको अवस्थामा पेटमा खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएका थिए । गम्भिर घाईते पुष्पाको उपचारको लागि धरानस्थित बिपि...

नेपालवाणी नेटवर्कमा तालाबन्दी

२०७० चैत १५ गते १:५४

काठमाडौ, १५ चैत । पूर्व कर्मचारीहरुले तलवको माग गर्दै नेपालवाणी नेटवर्कमा तालाबन्दी गरेका छन् । नेटवर्कमा लामो समयसम्म काम गरेका पूर्वकर्मचारीहरुले आफूले पाउनुपर्ने तलब पटक माग्दा नपाएपछि उनीहरुले आज विहानै तालाबन्दी गरेका हुन। आफ्नो तलब भुक्तानी गराउन रेडियो नेटवर्क प्रशासन तथा व्यवस्थापक शिव लम्सालको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us