
नेपालगन्ज, १५ चैत – प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको आर्थिक विकासका लागि लगानीको वातावरण निर्माणमा सबै पक्ष जुट्नुपर्नेमा जोड दिएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले वर्तमान सरकारको प्राथमिकता संविधान निर्माण भए पनि आर्थिक विकासलाई पनि सँगै अगाडि बढाउने बताए ।
मुलुकको शान्ति र अमनचैनलाई खलल पु¥याउने काम कतैबाट भएन भने विकासको पूर्वाधार निर्माणमा मुलुकले चाँडै ठूलो फड्को मार्ने विश्वास कोइरालाको छ ।
त्यसका लागि दलहरु अब फुटेर होइन जुटेर काम गर्ने समय आएको उनको भनाई छ ।
संविधान निर्माणका लागि नमिलेका कुरा दलीय सहमतिमा मिलाइने छ, सहमति भएन भने प्रक्रियामा लगेर पारित हुन्छ, तर संविधान निर्माणको गतिलाई कसैले रोक्न नसक्ने प्रधानमन्त्रीको दावी छ ।