समाचार

तीन दिनअघि लागेको डढेलो नियन्त्रण बाहिर

२०७० चैत १७ गते २:३६

वीरगन्ज–१७ चैत– पर्साको ग्रामीण क्षेत्रमा रहेका वनजङ्गलमा तीन दिनदेखि लागेको  डढेलोको अझै नियन्त्रणमा आउन सकेको छैन । गर्मी र सुक्खा मौसमको सुरुवातसागै पर्सामा रहेका विभिन्न सामुदायिक वन र चितवन राष्ट्रिय निकुन्जको जङ्गलमा तीन दिनदेखि डढेलो लागेको र अझैसम्म नियन्त्रणमा नआएको ठोरीबाट स्थानीय शिक्षक प्रेम...

शर्मा प्रधानन्यायाधीशमा रिफारिस

२०७० चैत १७ गते २:२७

काठमाण्डु, १७ चैत– संवैधानिक परिषद्ले कायममुकायम न्यायाधीश दामोदरप्रसाद शर्मालाई न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । सिंहदरबारमा बिहान बसेको परिषद् बैठकले वरिष्ठताका आधारमा शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो । शर्मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनेपछि एक वर्षअघि कायममुकाम प्रधानन्यायाधीश नियुक्त भएका...

प्रचण्ड पुत्र प्रकाश सरकारी अधिकृत !

२०७० चैत १७ गते २:२५

काठमाण्डु, १७ चैत– सरकारले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशलाई सगरमाथा आधार शिविरमा खडा गर्ने सम्पर्क कार्यालयमा आरोहीका तर्फबाट सम्पर्क अधिकृत तोकेको छ । सगरमाथा आरोहण गरेको अनुभवका आधारमा उनलाई सम्पर्क अधिकृत तोकिएको पर्यटन उद्योग महाशाखाले जनाएको छ । प्रकाश लक्कीड्रका आधारमा...

बोगटी भन्छन्, ‘बहुलवाद होइन बहुदलीय प्रतिस्पर्धा स्विकारेको’

२०७० चैत १६ गते १३:४५

काठमाण्डु, १६ चैत – एकीकृत माओवादीका नेता पोष्टबहादुर बोगटीले आफूहरुले बहुलवाद नभएर बहुदलीय प्रतिस्पर्धामात्रै स्विकारेको बताएका छन् । नेता गोपाल किराँतीद्वारा लिखित ‘राष्ट्रिय समाजवादी क्रान्तिको कार्यदिशा’ पुस्तक विमोचनका लागि पेरिसडाँडामा आयोजित कार्यक्रममा बोगटीले सो कुरा बताएका हुन् । साथै उनले एमालेको बहुदलीय जनवाद र...

राष्ट्रपति डा. यादवद्वारा घोडेजात्रा अवलोकन

२०७० चैत १६ गते १३:४४

काठमाण्डु, १६ चैत – राष्ट्रपति डा. रामवरण यादवले नेपाली सेनाले आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको परम्परागत घोडेजात्रा कार्यक्रम अवलोकन गरेका छन् । राष्ट्रपति डा. यादव नेपाली सेनाका परमाधिपतिसमेत हुन् । समारोहमा राष्ट्रपति डा. यादवले म्युजिकल राइडर र शो जम्पका उत्कृष्ट प्रतियोगीलाई पुरस्कार प्रदान...

संविधान बनाउनुको विकल्प छैन : थापा

२०७० चैत १६ गते १२:४५

काठमाण्डु, १६ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले एक वर्षभित्र संविधान बनाउनुको विकल्प नेतृत्व वर्गसँग नभएको बताएका छन् । आफ्नो ८७औँ जन्मोत्सव मनाउने क्रममा राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री थापाले तोकिएको समयावधिभित्र संविधान बन्नुपर्ने भन्दै त्यसको विकल्प कुनै पनि नेतृत्व वर्गले दिन...

एक वर्षभित्रै संविधान बन्छ : बडू

२०७० चैत १६ गते १२:४२

काठमाण्डु, १६ चैत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता दिलेन्द्रप्रसाद बडूले एक वर्षभित्रै संविधान बन्ने वातावरण तयार भएको बताएका छन् । नेपाल प्रेस युनियन काठमाण्डुद्वारा नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारी तथा पार्षद्को सम्मानमा आयोजित कार्यक्रममा उहाँले प्रमुख दलबीच सहमति भई संविधानसभामा समितिहरुको गठन...

नेविसंघको महाधिवेशन आगामी जेठमा

२०७० चैत १६ गते १२:३४

काठमाण्डु, १६ चैत – नेपाल विद्यार्थी संघको महाधिवेशन आगामा जेठमा हुने भएको छ । यसअघि पटक–पटक स्थगित हुँदै आएको महाधिवेशन आगामी जेठ २९ देखि ३१ गतेसम्म काठमाण्डुमा गर्ने निर्णय भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । वैशाख १५ गतेसम्ममा उपत्यकाको क्याम्पसमा अधिवेशन गरिसक्ने,...

ओलीलाई भेट्न नेपाल दिल्ली प्रस्थान

२०७० चैत १६ गते ११:५७

काठमाण्डु, १६ चैत – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपचारका क्रममा दिल्लीमा रहेका नेता केपी शर्मा ओलीलाई भेट्न त्यसतर्फ लागेका छन् । नेपाल एयर इण्डियाको विमानमार्फत दिउँसो दिल्ली प्रस्थान गरेका हुन् । दिल्लीमा आराम गरिरहेका ओलीलाई भटेर उनी सोमबार स्वदेश फर्कने बताइएको छ...

करिब ११ सय कर्मचारीलाई कारबाहीको तयारी

२०७० चैत १६ गते १०:५९

काठमाण्डु, १६ चैत – नेपालको सरकारी सेवामा रही विभिन्न मुलुकमा स्थायी रुपमा बसोबासका लागि प्रक्रियामा रहेका करिब एक हजार १०० राष्ट्रसेवक कर्मचारीहरु कारबाहीमा पर्ने भएका छन् । सरकारले उनीहरुलाई कारबाहीका लागि छिट्टै कानुन ल्याउने तयारी गरेकोे सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए । रिपोटर्स क्लब...

कलाकारको जुलुसमा प्रहरी दमन

२०७० चैत १६ गते १०:२२

काठमाण्डु, १६ चैत – दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै सडकमा उत्रिएका कलाकारमाथि प्रहरी दमन भएको छ । बिहानैदेखि सडकमा नारा जुलुस गरेका कलाकारमाथि काठमाण्डुको विभिन्न ठाउँमा पटक–पटक दमन भएको हो । ग्राण्डी अस्पतालमा जम्मा भएका झण्डै तीन सय कलाकर्मीले सामाखुशी चोकदेखि ठमेलसम्म प्रर्दशन...

करिब पच्चीस हजार मुक्तकमैया पुनःस्थापना

२०७० चैत १६ गते ९:३२

काठमाण्डु, १६ चैत – सरकारले २४ हजार ८१२ मुक्तकमैया परिवारलाई पुनःस्थापना गरेको छ । कुल २७ हजार ५७० मुक्तकमैयामध्ये चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५६२ परिवारलाई जग्गा खरिद गरी पुनःस्थापना गरिसकिएको छ । भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयका अनुसार कुल १९ हजार ५९ मुक्त हलिया...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us