शर्मा प्रधानन्यायाधीशमा रिफारिस

काठमाण्डु टुडे २०७० चैत १७ गते २:२७ मा प्रकाशित

काठमाण्डु, १७ चैत– संवैधानिक परिषद्ले कायममुकायम न्यायाधीश दामोदरप्रसाद शर्मालाई न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।
Damodar-Prasad-Sharmaसिंहदरबारमा बिहान बसेको परिषद् बैठकले वरिष्ठताका आधारमा शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो ।

शर्मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनेपछि एक वर्षअघि कायममुकाम प्रधानन्यायाधीश नियुक्त भएका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परिषद् सदस्यसमेत प्रमुख प्रतिपक्षी दलका नेता एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठताका आधारमा शर्मालाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएको बताए ।

रेग्मीले काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन गत माघ २७ मा राजीनामा दिएपछि प्रधानन्यायाधीश पद रिक्त खाली थियो ।

परिषद्को सिफारिसमा संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । कानुनमन्त्री नरहरि आचार्यले आजैबाट संसदीय सुनुवाईको प्रक्रियामा लगिने बताए ।

प्रधानन्यायाधीशको नियुक्तिपछि सर्वोच्चमा रिक्त १० स्थायी न्यायाधीश नियुक्तिको बाटो समेत खुल्नेछ ।

बैठकमा मानवअधिकार आयोग, अख्तियार र लोकसेवा आयोगमा रिक्त पदाधिकारी नियुक्ति सम्बन्धमा समेत छलफल भए पनि निर्णय भने नभएको आचार्यले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us