प्रचण्ड पुत्र प्रकाश सरकारी अधिकृत !

काठमाण्डु टुडे २०७० चैत १७ गते २:२५ मा प्रकाशित

काठमाण्डु, १७ चैत– सरकारले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशलाई सगरमाथा आधार शिविरमा खडा गर्ने Prakash Dahalसम्पर्क कार्यालयमा आरोहीका तर्फबाट सम्पर्क अधिकृत तोकेको छ ।
सगरमाथा आरोहण गरेको अनुभवका आधारमा उनलाई सम्पर्क अधिकृत तोकिएको पर्यटन उद्योग महाशाखाले जनाएको छ ।

प्रकाश लक्कीड्रका आधारमा आरोहीहरुका तर्फबाट सम्पर्क अधिकृत तोकिएको महाशाखाका एक अधिकृतले बताए ।

प्रकाशले दुई वर्षअघि लुम्बिनी–सगरमाथा शान्ति अभियानअन्तर्गत सगरमाथा आरोहण गरेका थिए । पर्वतारोहण टोली आगामी अप्रिल दोस्रो साता सगरमाथा आधार शिविर प्रस्थान गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us