काठमाण्डु, १६ चैत – सरकारले २४ हजार ८१२ मुक्तकमैया परिवारलाई पुनःस्थापना गरेको छ ।
कुल २७ हजार ५७० मुक्तकमैयामध्ये चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५६२ परिवारलाई जग्गा खरिद गरी पुनःस्थापना गरिसकिएको छ ।
भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयका अनुसार कुल १९ हजार ५९ मुक्त हलिया परिवारमध्ये सोही अवधिमा १० हजार ५९४ जना मुक्त हलिया परिवारको प्रमाणीकरण भइसकेको छ ।
सरकारले छ हजार ३८५ हलिया परिवारलाई परिचयपत्र उपलब्ध गराइसकेको उक्त मन्त्रालयका प्रवक्ता कृष्णराज विसीले बताए ।
हलिया पुनःस्थापनासम्बन्धी कार्ययोजना गठनआदेश सरकारले यसै महिना स्वीकृत गरेको र मुक्त हलियाको पुनःस्थापनासम्बन्धी काम शीघ्र अघि बढाइने जानकारी उनले दिए ।