कलाकारको जुलुसमा प्रहरी दमन

काठमाण्डु टुडे २०७० चैत १६ गते १०:२२ मा प्रकाशित

kalakar aandolanकाठमाण्डु, १६ चैत – दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै सडकमा उत्रिएका कलाकारमाथि प्रहरी दमन भएको छ ।

बिहानैदेखि सडकमा नारा जुलुस गरेका कलाकारमाथि काठमाण्डुको विभिन्न ठाउँमा पटक–पटक दमन भएको हो ।

ग्राण्डी अस्पतालमा जम्मा भएका झण्डै तीन सय कलाकर्मीले सामाखुशी चोकदेखि ठमेलसम्म प्रर्दशन गरका थिए ।

कलाकर्मीको प्रर्दशनमा प्रहरीले लाठी चार्ज गर्नुका साथै कलाकारलाई नियन्त्रणमा समेत लिएर छाडेको थियो ।

प्रहरीले जुलुशमा सहभागी निर्देशक उज्वल केसी, मोडल महेन्द्र गौतम, गायक हरि डाँगीलगायतलाई महाराजगञ्जमा पु¥याएको थियो ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष बद्री पंगनीको पहलमा उनीहरुलाई गृहमन्त्री बामदेव गौतमको ठाडो आदेशमा छाडिएको थियो ।

गल्कोपाखा र सोह्र खुट्टेमा प्रहरीले दर्जन बढी कलाकारहरु प्रहरीको लाठीचार्जबाट घाइते भएको प्रतिष्ठानका महासचिव रमेश बिजीले बताए ।

गत विहीबार गल्कोपाखामा माइक्रोको ठक्करबाट घाइते लोक गायिका मञ्जु महतको उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको थियो । कलाकारहरुले तीस लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।

क्षतिपूर्तिका विषयमा शनिवार राति भएको कलाकार र यातायात व्यवासायीको वार्ता बिनानिष्कर्ष टुगिंएपछि आइतबार फेरि वार्ता चलिरहेको छ ।

सोह्रखुट्टेमा प्रहरी, यातायात व्यवसायी र कलाकारबीच वार्ता भैइरहेको प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए । प्रहरी परिसरभित्र वार्ता चलिरहँदा बाहिर कलाकारले नारा जुलुस गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us