समाचार

एसियाली विकास बैंकको दुई अर्ब ९१ करोड सहयोग

२०७० चैत १७ गते १२:३९

काठमाण्डु, १७ चैत – एसियाली विकास बैंकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि करिब दुई अर्ब ९१ करोड (तीस मिलियन अमेरिकी डलर) थप ऋण सहायता प्रदान गर्न सहमत भएको छ । बैंकले सोमबार जारी गरेको विज्ञप्तिअनुसार यो ऋण सहायता सो विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र...

ऊर्जा संकट समाधानका लागि सबैको सहयोग आवश्यक : ज्ञवाली

२०७० चैत १७ गते १२:३३

काठमाण्डु, १७ चैत – ऊर्जामन्त्री राधा ज्ञवालीले मुलुकमा जारी ऊर्जा संकटको समाधानका लागि सबैको साथ र सहयोग अत्यावश्यक रहेको बताएकी छिन् । सामुदायिक रेडियो प्रसारक संघको ज्ञापनपत्र बुझ्दै उनले जादुको छडी जस्तो तत्कालै ऊर्जा संकट समाधान गर्न नसकिने भएकाले सबैको साथ र सहयोग रहनुपर्ने...

संविधान निर्माणपूर्व स्थानीय चुनाव : सिंह

२०७० चैत १७ गते १०:११

पर्वत, १७ चैत – उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारको पहिलो प्राथमिकता नयाँ संविधान तथा स्थानीय चुनाव भएको बताएका छन् । कुस्मामा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री सिंहले स्थानीय चुनाव नहुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेकाले तत्काल सहमति गरी चुनाव गर्नुपर्नेमा जोड...

तिलाठीमा आगलागी, २१ घर खरानी

२०७० चैत १७ गते १०:०५

सप्तरी, १७ चैत – तिलाठी गाविसका वडा नं ४ र ७ मा भएको आज भएको आगलागीमा २१ घर जलेर नष्ट भएको छ । तिलाठी गाविस– ४ निवासी बौकु सुतिहारका घरबाट बिहान ९ बजे सल्केको आगोले फैलेर राम सुतिहार, सुकदेव सुतिहार र नन्दलाल यादवलगायत नौ...

नागरिक अगुवा पहाडी आमरण अनशनमा

२०७० चैत १७ गते ९:४३

काठमाण्डु, १७ चैत – नेपाल सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदनका लागि चासो नदिएको भन्दै मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले सोमाबारदेखि सहिद पार्कस्थित शान्ति वाटिकामा आमरण अनशन सुरु गरेका छन् । पहाडीले यसअघि रोम विधानलाई २०७० चैत १५ सम्म...

पटके गिरफ्तारीले फुजेल प्रकरण सुल्झिन्न : भट्टराई

२०७० चैत १७ गते ९:३५

चितवन, १७ चैत – एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजी आयोगले मात्र गर्न सक्ने बताएका छन् । फुजेल घटनापीडित परिवार संघर्ष समितिले भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका भट्टराईले कृष्ण अधिकारीलगायतका...

चौतारीको राष्ट्रिय भेला चैत २९ मा

२०७० चैत १७ गते ८:३६

काठमाण्डु, १७ चैत – प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको आसन्न राष्ट्रिय महाधिवेशनमा आफ्नो भूमिकाका बारेमा छलफल गर्न यही चैत २९ गते यहाँ राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । चौतारीका महासचिव माधव नेपालका अनुसार भेलामा केन्द्रीय सल्लाहकार, पूर्व केन्द्रीय पदाधिकारी, अञ्चल तथा जिल्ला...

म्याग्दीमा अनौठो सर्प देखियो

२०७० चैत १७ गते ८:३२

म्याग्दी, १७ चैत – राखु पिप्ले–४ रानीपौवामा अनौठो किसिमको सर्प देखिएको छ । रानीपौवाकी कमला कार्कीको घरमा सात दिनअघि देखापरेको उक्त सर्पले कसैलाई पनि नडस्ने र दूध मात्रै खाने गरेपछि स्थानीयवासी आश्चर्यमा परेका छन् । घरभित्र देखिएको उक्त सर्प एकै ठाउँमा बसिरहेको र कसैलाई...

महतको शव श्रद्धाञ्जलिका लागि प्रतिष्ठानमा

२०७० चैत १७ गते ८:२७

काठमाण्डु, १७ चैत – लोकगायिका मञ्जु महतको शव अहिले कमलादीस्थित नेपाल प्रज्ञा –प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिएको छ । गत बिहीबार दिउँसो ठमेलस्थित गल्कोपाखामा भएको सवारी दुर्घटनामा परी उपचारका क्रममा शनिबार उनको निधन भएको थियो । दुर्घटनामा संलग्न सवारी धनीसँग क्षतिपूर्तिका विषयमा आइतबार सहमति कायम...

आगामी माघभित्रै संविधान जारी हुने दावी

२०७० चैत १७ गते ७:५३

काठमाण्डु, १७ चैत – संविधानसभा अध्यक्षसहित प्रमुख दलका नेताहरुले आगामी माघ ८ गते भित्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिने प्रतिवद्धता जनाएका छन् । रिपोर्टर्स क्लब नेपालको १६औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष साक्षात्कारमा बोल्दै नेताहरुले संविधान जारी गरेर राजनीतिक स्थायीत्व मार्फत आर्थिक विकासलाई अघि बढाउने प्रतिवद्धता...

सबैको सहमतिमा स्थानीय निर्वाचन : देउवा

२०७० चैत १७ गते ७:१४

कञ्चनपुर, १७ चैत – पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलको सहमतिमा नै स्थानीय निकायको निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता देउवाले दलहरुबीच सहमति हुन नसकेका कारण निर्वाचनको मिति नतोकिएको...

प्रधानमन्त्रीद्वारा सैनिक हेलिकोप्टर दुरुपयोग

२०७० चैत १७ गते ६:२१

काठमाण्ठु, १७ चैत– प्रधानमन्त्री सुशील कोइराला नेपाली सेनाको हेलिकोप्टर चढेर कुम्भ मेला उद्घाटन गर्न सुनसरीको कोशी टप्पु पुगेका छन् । वनमन्त्री महेश आचार्य, काँग्रेस नेतृ सुजात कोइराला, प्रधानसेनापति गौरवशमशेर राणा र  रक्षामन्त्रालयका कायममुकायम सचिव देवेन्द्र सिटौलासहित २३ जनाको जम्बो टोली लिएर कोइराला सेनाको एमआई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us