
काठमाण्ठु, १७ चैत– प्रधानमन्त्री सुशील कोइराला नेपाली सेनाको हेलिकोप्टर चढेर कुम्भ मेला उद्घाटन गर्न सुनसरीको कोशी टप्पु पुगेका छन् ।
वनमन्त्री महेश आचार्य, काँग्रेस नेतृ सुजात कोइराला, प्रधानसेनापति गौरवशमशेर राणा र रक्षामन्त्रालयका कायममुकायम सचिव देवेन्द्र सिटौलासहित २३ जनाको जम्बो टोली लिएर कोइराला सेनाको एमआई –१७ हेलिकोप्टरमा कोशीटप्पुको चतारा पुगेका हुन् ।
प्रधानमन्त्री र प्रधानसेनापति बोकेको सैनिक हेलिकोप्टर भने सेनाको पूर्व पृतना मुख्यालय इटहरी फर्केको छ । प्रधानमन्त्री चढेको सैनिक हेलिकोप्टरको खर्च भने सरकारले बेर्होने भएको छ ।