भैरहवा, १६ चैत – जिल्लाको मर्चवारस्थित रोहिणीहवा गाविस वडा नं ७ की १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना युवालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । चैत ९ गते साँझ सामूहिक बलात्कारमा परेकी ती युवतीको बयानका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ...
काठमाण्डु, १६ चैत – एमाले महासचिव ईश्वर पोखरेलले नवौँ महाधिवेशन सहमति र एकताका साथ सम्पन्न हुने दावी गरेका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को छैटौँ महाधिवेशनको बन्दसत्रमा बोल्दै उनले एमाले महाधिवेशनमा पार्टीको सङ्गठनलाई व्यवस्थित रुपमा व्यापक छलफल हुनाका साथै योग्यता र क्षमताका...
बागलुङ, १६ चैत – जिल्लाको दुदिलाभाटी गाविसमा ढुङ्गा प्रहारबाट एक वृद्धाको हत्या भएको छ । दुदिभाभाटी–६ भण्डारवनकी ६८ वर्षीया मीनकुमारी खत्रीको स्थानीय एक युवाले गरेको ढुङ्गा प्रहारबाट ज्यान गएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । स्थानीय २४ वर्षीय दिवश पुनले शनिबार साँझ ढुङ्गाले...
कञ्चनपुर, १६ चैत – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको सुडा–१ मा आइतबार विपरीत दिशाबाट आउँदै गरेका मोटरसाइकल र दुग्ध विकास संस्थानको जिप एकापसमा ठोक्किँदा मोटरसाइकल चालक सुडा–४का प्रमोदसिंह साउदको घटनास्थलमै मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको से१ज४६१...
पोखरा, १६ चैत – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरुको स्तरोन्नति, दरबन्दी थप र अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरी जनतालाई आधारभूत गुणस्तरीय सेवा दिन मन्त्रालय तत्परताका साथ लागेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आइतबार आयोजना गरेको पत्रकार...
काठमाण्डु, १६ चैत – एकीकृत माओवादीका अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड आइतबारदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुने भनिए पनि पूर्वनिर्धारित कार्यक्रममासमेत अनुपस्थित भएका छन् । जेठी छोरी ज्ञानु दाहाल केसीको गत बिहिबार क्यान्सर रोगका कारण असामयिक निधनका कारण शोकमा रहेका दाहाल केहि दिनदेखि सार्वजनिक कार्यक्रममा सहभागी...
काठमाण्डु, १६ चैत –संविधानसभाको निर्वाचनमा पार्टीले दिएको टिकट बेच्ने र किन्ने दुवै नेतालाई एमालेले निलम्बन गरेको छ । नेकपा एमाले वाग्मती अञ्चल कमिटिले पार्टीले दिएको टिकट दुरुपयोग गरेको निष्कर्ष निकाल्दै नुवाकोट जिल्ला उपाध्यक्षसहित एमाले केन्द्रीय शिक्षा विभाग सचिव तथा क्षेत्रीय उपाध्यक्षलाई निलम्बन गरेको हो...
काठमाण्डु, १६ चैत –ट्याक्सी दुर्घटनामा ६ जनाको मृत्यु काठमाण्डुबाट बिराटनगर जादै गरेको ट्याक्सी कुलेखानी नजिक सिस्नेरीमा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । गएराती १० बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुने मध्ये ४ जना बालबालिका रहेका छन् । मृत्यु हुने मध्ये खोटाङकी दुर्घाकुमारी...
काठमाण्डु, १६ चैत –नेपालबाणी नेटवर्कका पूर्व कर्मचारीहरुको आन्दोलन दोश्रो दिन पनि जारी छ । कर्मचारीहरुको बक्यौता तलव भुक्तानी गर्नुपर्ने, जर्वजस्ती रुपमा निकालिएका कर्मचारीहरुलाई सम्मान तरिकाले पुर्नवहाली गर्नु पर्ने, कार्यरत कर्मचारीहरुलाई तुरुन्त नियुक्ति पत्र दिनुपर्ने माग सहित उनीहरु धर्ना बस्दै आएका छन् । पूर्व कर्मचारीहरुले...
काठमाण्डु १६ चैत:एकीकृत माओवादीको भातृ संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन क्रान्तिकारीको १९ औ राष्ट्रिय सम्मेलनका लागि करीव चार सय जना आकाँक्षी देखिएका छन । पदाधिकारीमा पुग्नका लागि करीव ५० जना आकाँक्षी छन । सो संगठनको राष्ट्रिय सम्मेलन चैत २१ देखि २५ गतेसम्म काठमाण्डुमा...
काठमाण्डु, १६ चैत –नेपाल पत्रकार महासंघ आज स्थापनाको ५९ औं वर्षमा प्रबेश गरेको छ । स्थापना दिवसका अवसरमा महासंघले बिहान राजधानींको बबरमहलबाट प्रभातफेरी निकालेको छ । प्रभातफेरि नयाँ बानेश्वर पुगेर टुंगिने महासंघले जनाएको छ । यस्तै देशभर शाखाहरुले पनि प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने महासंघले...
काठमाण्डु, १६ चैत –काठमाण्डौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइदैछ । हरेक बर्षको कृष्ण औँशीका दिन उपत्याकामा घोडेजात्रा पर्व मनाउने गरिन्छ । यस पर्वका अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । दिउसो २ बजेपछि आयोजना हुने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख,...