किराँतीको पुस्तक विमोचनमा प्रचण्ड अनुपस्थित

काठमाण्डु टुडे २०७० चैत १६ गते ५:५८ मा प्रकाशित

prachanda 2

काठमाण्डु, १६ चैत – एकीकृत माओवादीका अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड आइतबारदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुने भनिए पनि पूर्वनिर्धारित कार्यक्रममासमेत अनुपस्थित भएका छन् ।

जेठी छोरी ज्ञानु दाहाल केसीको गत बिहिबार क्यान्सर रोगका कारण असामयिक निधनका कारण शोकमा रहेका दाहाल केहि दिनदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

एकीकृत माओवादीका नेता गोपाल किराँतीको पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्ड पार्टी मुख्यालय पेरिसडाँडामा हुने भनिएको थियो ।

प्रचण्डको अनुपस्थितिमा किराँतीद्वारा लिखित ‘राष्ट्रिय समाजवादी क्रान्तिको कार्यदिशा’ नामक पुस्तकको एमाओवादी नेता पोष्टबहादुर बोगटीले विमोचन गरे ।

सो पुस्तक माथि खगेन्द्र संग्रौला, युग पाठक र भूपाल राई लगायतले टिप्पणी गरेका थिए । किराँतीले हेटौंडा महाधिवेशनले पारित गरेको कार्यदिशालाई व्याख्या गरेर पुस्तक तयार पारेका हुन् । यसले नेपाली क्रान्तिलाई अगाडि बढाउन मद्दत पुग्ने उनको विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us