नेपाल पत्रकार महासंघ ५९ वर्षमा

काठमाण्डु टुडे २०७० चैत १६ गते २:२२ मा प्रकाशित

fnj logoकाठमाण्डु, १६ चैत –नेपाल पत्रकार महासंघ आज स्थापनाको ५९ औं वर्षमा प्रबेश गरेको छ ।

स्थापना दिवसका अवसरमा महासंघले बिहान राजधानींको बबरमहलबाट प्रभातफेरी निकालेको छ ।

प्रभातफेरि नयाँ बानेश्वर पुगेर टुंगिने महासंघले जनाएको छ ।

यस्तै देशभर शाखाहरुले पनि प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने महासंघले जनाएको छ । स्थापना दिवसको अवसरमा महासंघका अध्यक्ष शिव गाउलेले एक विज्ञाप्ती जारि गर्दै शुभकामना व्यक्त गरेका छन्  ।

एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नुपर्ने चुनौती रहेको यो अवस्थामा नेपालकै अगुवा नागरिक निकायकारुपमा रहेको नेपाल पत्रकार महासंघको भूमिका अझ बढेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज पनि देशभरका पत्रकारको प्रत्यक्ष सहभागितामा लोकतान्त्रिक अग्रगामी समाज र स्थायी शान्ति स्थापनाका पक्षमा महासंघ निरन्तर क्रियाशील रहेको निवेदन गर्न चाहन्छौं,” बिज्ञप्तीमा भनिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us