सहमतिमै नेतृत्व चयन हुन्छ : पोखरेल

काठमाण्डु टुडे २०७० चैत १६ गते ८:५८ मा प्रकाशित

ISHWOR-POKHRELकाठमाण्डु, १६ चैत – एमाले महासचिव ईश्वर पोखरेलले नवौँ महाधिवेशन सहमति र एकताका साथ सम्पन्न हुने दावी गरेका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को छैटौँ महाधिवेशनको बन्दसत्रमा बोल्दै उनले एमाले महाधिवेशनमा पार्टीको सङ्गठनलाई व्यवस्थित रुपमा व्यापक छलफल हुनाका साथै योग्यता र क्षमताका आधारमा सहमतिका साथ नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

पोखरेलले भने, ‘प्रतिस्पर्धामात्र लोकतान्त्रिक आधार होइन, सहमति पनि लोकतान्त्रिक आधार नै हो ।’

उनले एकवर्षभित्र जारी गरिने लोकतान्त्रिक संविधानमा १० प्रतिशत श्रमिकको हकअधिकार सुरक्षित गर्नका लागि पार्टीले सक्दो पहल गर्ने विश्वास दिलाए ।

महासचिव पोखरेलले टे«ड युनियन आन्दोलनलाई वैचारिक रुपमा एकताबद्ध बनाएर श्रमिकको हकअधिकारका लागि सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै एमालेको भ्रातृ सङ्गठनका रुपमा रहेको जिफन्टले श्रमिकको हकअधिकारका क्षेत्रमा राम्रो काम गरेको प्रशंसासमेत गरे ।

जिफन्टको छैटौँ महाधिवेशन ‘रुपान्तारणः श्रमशक्तिको विकासबाट’ भन्ने मूल नाराका साथ यही चैत १४ देखि १७ गतेसम्मका लागि काठमाण्डुमा जारी छ ।

महाधिवेशनमा प्रवासी नेपाली श्रमिकका प्रतिनिधि, एक तिहाइ महिलासहित स्वदेशका प्रतिनिधि ४३९ र पर्यवेक्षक १६६ गरी जम्मा ६०५ प्रतिनिधिको सहभागिता रहेको छ, भने महाधिवेशनमा अमेरिका, अफ्रिका, चीन, जापानलगायतका देशबाट सहभागी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us