अखिल क्रान्तिकारीमा चार सय आकाँक्षी नेता

काठमाण्डु टुडे २०७० चैत १६ गते २:४५ मा प्रकाशित

काठमाण्डु १६ चैत:एकीकृत माओवादीको भातृ संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन क्रान्तिकारीको १९ औ राष्ट्रिय सम्मेलनका लागि करीव चार सय जना आकाँक्षी देखिएका छन । पदाधिकारीमा पुग्नका लागि करीव ५० जना आकाँक्षी छन ।
सो संगठनको राष्ट्रिय सम्मेलन चैत २१ देखि २५ गतेसम्म काठमाण्डुमा हुँंदैछ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सो संगठनका नेताहरुले बताएका छन । राष्ट्रिय सम्मेलनपछिको अध्यक्ष पदका लागि उपाध्यक्षद्धय रमेश मल्ल र जागृत रायमाझीले दावी पेश गरेका छन । त्यसै गरी महासचिव बिन्दमान बिष्टले पनि अध्यक्ष पदका लागि आफनो दावीलाई पनि छोडेका छैनन ।
अखिल क्रान्तिकारीमा दुई सय ७१ सदस्यीय केन्द्रीय समिति छ । ९४ जना जिल्ला अध्यक्ष पनि केन्द्रीय सदस्यका निकट दावेदार छन । हाल पदाधिकारी मात्रै २५ जनाको छ । बर्तमान अध्यक्ष हिमाल शर्माको नेतृत्वमा रमेश मल्ल,जागृत रायमाझी र बिन्दमान बिष्ट रहेको दस्तावेजको मस्यौदा तयार गरिरहेको छ ।

आगामी कार्यदिशा र कार्यक्रमको बिषयमा मल्लले,इतिहासको समीक्षाको बिषयमा रायमाझीले र बिधान संशोधनको मस्यौदा बिष्टले तयार गरिरहेका छन । शर्माले अघिल्लो कार्यकालको समीक्षा लेखिरहेका छन ।

flag of akhilमल्लका अनुसार केन्द्रीय समिति एक सय ५१ जना र पदाधिकारी नौ जनामा सीमित बनाउन केन्द्रीय समिति र पदाधिकारीका लागि मापदण्ड बनाउन खोजिएको छ । आरक्षणमा आउने बाहेक महासचिव भन्दा माथिल्लो पदका लागि पदाधिकारीमा हुनु पर्ने मापदण्ड बनाउन र सचिवालय तथा राज्य समितिका संयोजक मध्येबाट सचिवालय बनाउन खोजिएको मल्लले बताए । ‘पदाधिकारी र केन्द्रीय समितिको संख्या घटाउनु पर्ने चुनौती छ’मल्लले काठमाण्डु टुडेसँगे भने ‘हामी सकेसम्म सहमतिमै नेतृत्व छनौट गर्ने प्रयासमा छौ,सहमति हुन सकेन भने बिधि र प्रक्रियामा जान्छौ । त्यसो हुँदा पनि नियन्त्रित प्रतिस्पर्धा हुदैछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us