दुर्घटनामा प्रहरी जवानको मृत्यु

काठमाण्डु टुडे २०७० चैत १५ गते ३:३६ मा प्रकाशित

दाङ, १५ चैत – दाङमा गएराति भएको सवारी दुर्घटनामा एक जना प्रहरीको मृत्यु भएको छ ।

रा.१. प ८८०१ नम्बरको मोटरसाइकलमा डयूटी जाँदै गरेका प्रहरी जवान मानबहादुर कठायतको जीपको ठक्कर बाट मृत्यु भएको हो ।

जिपको ठक्करबाट गम्भिर घाइते कठायतको राप्ीत उप क्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

डोठीको सिलगठी नगरपालिका वडा नं ७ स्थायी घर भएका कठायत जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत थिए ।

नम्वर नखुलेको ठक्कर दिने जिप र चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us