
काठमाण्डु, १५ चैत –प्रमुख तीन दलबीच संविधानसभाका तीन समितिको नेतृत्व शीर्ष नेताले गर्ने सहमति भएको छ ।
तीन दलबीच भएको अनौपचारिक सहमति अनुसार संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको नेतृत्व एकीकृत माओवादी अध्यक्ष प्रचण्डले गर्ने छन् ।
मस्यौदा समितिको नेतृत्वमा एमाले नेता माधबकुमार नेपाल र अभिलेख अध्ययन समितिको नेतृत्व काँग्रेस उपसभापति रामचन्द्र पौडेलले गर्ने सहमति भएको हो ।
संविधानसभाको हिजो बसेको बैठकले पाँचवटा समितिका सदस्यहरुको नाम अनुमोदन गरेको थियो ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले तीन दलका शीर्ष नेतालाई समितिको संयोजक बनाउन सुझाव दिएका थिए ।