ससुरालमै श्रीमतीको हत्यापछि आत्महत्या

काठमाण्डु टुडे २०७० चैत १५ गते ९:२२ मा प्रकाशित

विराटनगर, १५ चैत – मोरङको विकट पहाडी गाविस टाँडी–१ स्थित ससुराली घर आएका एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाम जिल्लाको बाँझो–८ बस्ने २८ वर्षीय कुमार लिम्बूले घरमा सुतिरहेकी श्रीमती २६ वर्षीया पुष्पा लिम्बूलाई खुकुरी प्रहार गरेपछि सोही खुकुरीले आफूलाई प्रहार गरी आत्महत्या गरेका हुन् ।

खुकुरी प्रहारपछि घाइते भएका श्रीमान–श्रीमतीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शनिबार बिहान निधन भएको हो ।

घरायसी विवादले उक्त घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us