
काठमाण्डु, १४ चैत– जेठी छोरी ज्ञानु दाहाल केसीको क्यान्सरका कारण निधन भएपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिन सार्वजनिक कार्यक्रममा नजाने भएका छन् ।
शोकमा रहेकाले प्रचण्ड केही दिन सार्वजनिक कार्यक्रममा नजाने उनको निजी सचिवालयले जनाएको छ । प्रचण्ड शुक्रबार व्यवस्थापिका– संसद र संविधानसभा बैठकमा समेत गएनन् ।
सचिवालयका अनुसार यसअघि तय भएका कार्यक्रम र भेटघाटसमेत रद्द गरिएको छ । लामो समयदेखि क्यान्सर रोगका कारण थलिएकी ज्ञानुको बिहीबार निधन भएको थियो ।
यसैबीच शुभेच्छुक र सर्वसाधारणका लागि ज्ञानुप्रति श्रद्धाञ्जली दिने व्यवस्था मिलाइएको छ । श्रद्धाञ्जली दिन शुक्रबारबाट लाजिम्पाटस्थित निवासमा ज्ञानुको फोटो र शोक पुस्तिका राखिएको छ ।