
काठमाण्डु, १५ चैत –कान्ति बाल अस्पतालमा उपचारका लागि ल्याइएका १० महिने बालको पेटबाट चिकित्सकहरुले सात महिनाको भु्रण निकालेका छन् ।
शल्यक्रिया गर्दा ट्यूमरका रुपमा विकसित हुँदै गएको भु्रणको तौल तीन सय ग्राम थियो ।
भु्रण निकालेपछि बालकको अवस्था सामान्य हुँदै गएको छ । सर्लाही ३ सल्यानकोट घर भएका बैजु मण्डलका १० महिने छोरा ऋतिक रोशनको पेटमा बढ्दै गएको भु्रण गत मंगलवार प्याडियाट्रिक सर्जन डाक्टर आरपी चौधरीको टोलीले निकालेको हो ।
डाक्टर चौधरीका अनुसार भु्रण ठूलो आन्द्रा, सानो आन्द्रा, र पेङक्रियाको बीचमा रहेको थियो । भु्रणमा हात, खुट्टा, टाउको, पेट, आँखा, कान, मुख, यौनांगाासमेत थियो । भु्रणले मानवआकृति लिइसकेको डाक्टरले बताए ।
पुरुष जनेन्द्रिय रहेको भु्रण जीवित अवस्थामा भने थिएन । विश्वमा यस्तो घटनामा नेपालमा पहिलो भएको डाक्टरहरुले दावी गरेका छन् ।