संविधानसभामा पाँच समिति गठन

काठमाण्डु टुडे २०७० चैत १४ गते १२:४० मा प्रकाशित

काठमाण्डु, १४ चैत– संविधानसभाले पाँचवटा समिति गठन गरेको छ ।
caसंविधानसभाको शुक्रबार बसेको बैठकले तीन विषयगत र दुईवटा प्रक्रियागत समिति गठन गरेको हो ।
बैठकले ७१ सदस्यीय संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति, ७१ सदस्यीय संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति र ६८ सदस्यीय संविधान मस्यौदा समिति गठन गरेको हो ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सबै दलका शीर्ष नेता सदस्य छन् । यस्तै विषयगततर्फ १ सय ७८ सदस्यीय नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र १ सय ७८ सदस्यीय क्षमता अभिवृद्धि तथा श्रोत व्यवस्थापन समिति गठन गरिएको छ ।
प्रक्रियागत समिति ७३ र विषयगत समिति १ सय ९१ सदस्यीय हुनुपर्ने भए पनि सरकारले मनोनित गर्ने २६ जनाको टुंगो नलाग्दा समितिमा पूर्ण सदस्य छैनन् । सबै समितिले सभापति आफैं चयन गर्नेछन् ।
त्यसअघि शुक्रबारै बसेको संविधानसभा बैठकले अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहणको प्रक्रिया अघि बढाएको थियो ।

अघिल्लो संविधानसभाका ११ वटा समितिका प्रतिवेदन र विवाद समाधान उपसमितिले सहमति जुटाएका विषय संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिमा पठाइएको छ । संविधानसभाको बैठक बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us