माथिल्लो कर्णाली आयोजना राष्ट्रघाती: वैद्य

काठमाण्डु टुडे २०७० चैत १४ गते १२:०४ मा प्रकाशित

mohan-baidyaकाठमाण्डु, १४ चैत– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माणको काम तत्काल रोक्न माग गरेका छन् ।
कर्णाली जलाधार संरक्षण समितिले राजधानीमा शुक्रबार गरेको कार्यक्रममा वैद्यले राष्ट्रिय स्वाधिनताको विषयसँग जोडिएको भन्दै आयोजना रोक्नुपर्ने बताएका हुन् । उनले राष्ट्रहित विपरीत भएको माथिल्लो कर्णालीको निर्माण सम्झौता खारेज गर्न पनि माग गरे
नेपालको प्राकृतिक स्रोत साधनको उपयोग कसरी गर्ने भन्ने अधिकार नेपाली जनतामा मात्र रहेको वैद्यको भनाइ थियो ।

कार्यक्रमा एमाले नेता भीम रावलले मुलुकको हित, आवश्यकता, आर्थिक विकास र नेपालीको स्वतन्त्र निर्णय गर्न पाउने अधिकारको सुनिश्चितता भए मात्र आयोजना निर्माण हुन सक्ने बताए ।

एकीकृत माओवादी नेता लीलामणि पोखरेलले माथिल्लो कर्णाली निर्माण सम्झौतामा भारतीय हितलाई मात्र प्राथमिकतामा राखिएको उल्लेख गरे ।

‘अहिलेकै सहमतिका आधारमा माथिल्लो कर्णाली निर्माणको कार्य कार्यान्वयनमा लैजाँदा भारतीय हितलाई मात्र हेरिएको छ’, पोखरेलले भने, हाम्रो आवश्यकता राष्ट्रिय हित र प्राथमिकताका आधारमा विद्युत् विकासमा जोड दिनुपर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us