सभासद् मनोनित गर्नु देशका लागि घातक : बिजुक्छे

काठमाण्डु टुडे २०७० चैत १३ गते १३:१० मा प्रकाशित

narayan man bijukchheभक्तपुर, १३ चैत – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभामा २६ सदस्य मनोनित गर्ने परम्परा देशकै लागि घातक हुने बताएका छन् ।

भक्तपुरको रफत सञ्चार क्लबमा विहीबार आयोजित कार्यक्रममा उनले प्रतिगमनका समयमा विभिन्न मोर्चालाई समेट्न बसालिएको यो परम्परालाई राजनीतिक दलहरुले भागबण्डामै सीमित गरेमा घातक हुने बताए ।

अघिल्लो संविधानसभामा सुल्झिएका विवाद र विषयको स्वामित्व ग्रहण गर्नुपर्नेमा ठूला राजनीतिक दलहरुले त्यस्तो गर्न नचाहिरहेको आरोप उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us