काठमाण्डु, १३ चैत – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जेठी छोरी ज्ञानु केसीको विहीबार निधन भएको छ ।
४० वर्षीया ज्ञानु लामो समयदेखि क्यान्सरबाट पीडित थिइन् ।
चावहिलस्थित ओम अस्पतालले बुधबार डिस्चार्ज गरे पनि श्वासप्रश्वासमा समस्या देखिएपछि विहीबार बिहान ५ बजे पुन: ओम अस्पताल चाबहिल लगिएको थियो ।
उनको उपचारकै क्रममा मध्यान्ह १२ बजे मृत्यु भएको हो ।
केसीको विहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जाली दिन सरकारकातर्फबाट सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, एमाओवादी अध्यक्ष प्रचण्ड, नेता डा. वावुराम भट्टराई, नेकपा-माओवादीका अध्यक्ष माेहन वैद्य, एमाले सचिव विष्णु पौडेल लगायत अार्यघाट पुगेका थिए ।
यसअघि उनको दिल्लीको फोर्टिज अस्पतालमा उपचार गराइएको थियो । केसीको श्रीमान र दुई छोरी छन् ।