काठमाण्डू, २८ जेठ– प्रतिनिधिसभा बैठकमामा सुरू भएको बजेटमाथिका छलफलमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै रास्वपाका सांसद डा.अमरेशकुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गरेका छन् ।
उनले कार्यान्वयन नहुने खालको बजेट ल्याएको भन्दै यसले गरिब जनतालाई नछोडएको भन्दै टिप्पणी गरेका हुन । उनले बूढानीलकण्ठ विद्यालयमा पढेका अर्थमन्त्रीले संविधानले दिएको स्वास्थ्य र शिक्षाको हक पाउने नागरिकमाथि कर थोपरेको भन्दै आपत्ति समेत जनाए ।
सांसद सिंहले अहिलेको बजेट बजेट फुलेको बेलुन जस्तै भएको भन्दै कार्यान्वयन हुन नस्कने समेत बताए ।