समाचार

गोरखा जिल्ला प्रशासनमा अडियो बडापत्र

२०७० चैत १२ गते ८:१३

गोरखा, १२ चैत – जिल्ला प्रशासन कार्यालय गोरखाले कार्यालयमा आवाज आउने (अडियो) बडापत्र सुरु गरेको छ । कार्यालयमा आउने सेवाग्राहीको सजिलोका लागि प्रशासन कार्यालय गोरखाले पहिलो पटक अडियो रेर्कड गराएर बडापत्र सुनाउने अभियान चलाएको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण कार्कीले भने, ‘सेवा लिन...

अठासी हजार भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना

२०७० चैत १२ गते ७:५३

काठमाण्डु, १२ चैत – झापा र मोरङ जिल्लाका विभिन्न शिविरमा रहेका एकलाख आठ हजार भुटानी शरणार्थीमध्ये ८८ हजारलाई तेस्रो मुलुकमा पुनः स्थापना गरिएको छ । झण्डै अढाइ दशकदेखि शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) मार्फत अन्तर्राष्ट्रिय समुदायको सहयोगमा तेस्रो मुलुकमा...

शाहीकालिनमन्त्री लामाको निधन

२०७० चैत १२ गते ७:१८

काठमाण्डु, १२ चैत– शाहीकालीन मन्त्री एवम् नेपाल प्रहरीका पूर्वमहानिरीक्षक डिबी लामाको निधन भएको छ । हाल काठमाण्डु धापासी बस्दै आएका लामाको हृदयघातका कारण गृहजिल्ला नुवाकोटमा बुधबार बिहान निधन भएको हो । हृदयघातपछि उपचारका लागि काठमाण्डु ल्याउँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ...

मन्त्री खड्का र राजदूत बोडेबीच भेटवार्ता

२०७० चैत १२ गते ७:११

काठमाण्डु, १२ चैत – नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले सहरी विकास मन्त्री नारायण खड्कासँग मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय र आपसी सहयोगका सम्बन्धमा छलफल भएको थियो । भेटका क्रममा मन्त्री खड्काले खानेपानी, सरसफाइ...

स्थानीयले बनाइदिए प्रहरी चौकी

२०७० चैत १२ गते ७:०७

पसा, १२ चैत – नेपालको मुख्य पर्यटक प्रवेश नाका इनर्वामा वीरगन्जवासीको सहयोगमा झन्डै एक करोडको लागतमा प्रहरी चौकी भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको यही चैत १५ गते उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।  प्रहरी चौकी भवन निर्माणसँगै...

झापामा १ सय ५२ बर्ष अघिका सिक्का भेटियो

२०७० चैत १२ गते ६:००

काठमाण्डु, १२ चैत – झापामा १ सय ५२ बर्ष अघि प्रयोग गरिएका बिट्रिसकालीन भारतीय चाँदीका सिक्का फेला पारेको छ । पाठामारी गाविसमा टयाक्टर चालक राम चौधरीले खेत जोत्दै गरेको अवस्थामा सिक्का फेला परेको हो । जमिन मुनी रहेको सानो माटोको घैलामा २ सय भन्दा...

बिभिन्न समितिहरु गठन गर्न तीन दल सहमत

२०७० चैत १२ गते ४:५१

काठमाण्डु, १२ चैत –प्रमुख तीन दल पछिल्लो राजनीतिक परिस्थितीलाई मिलाउन बिभिन्न समिति गठन गर्न सहमत भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादी समिति गठन गठनलाई तिव्रता दिन सहमत भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरुले राजनीतिक संवाद तथा सहमति...

प्रहरीद्वारा आठ करोडको अफिम खेती नष्ट

२०७० चैत १२ गते ३:५१

उदयपुर, १२ चैत– उदयपुरको पोखरी–३ मा तीन कट्ठा जग्गामा लगाइएको अवैध अफिमखेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले स्थानीय टेकबहादुर राउतले लगाएको करिब आठ करोड रुपैयाँ बराबरको अवैध अफिम खेती नष्ट गरेको हो । प्रहरीले तीन वर्षदेखि अवैध रुपमा अफिमखेती गर्दै ७३ वर्षीय राउतसहित...

काँग्रेस नेता जोशीलाई भारत लगि‍दै

२०७० चैत १२ गते ३:३४

काठमाण्डु, १२ चैत – नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री गोविन्दराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लैजाने तयारी गरिएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीलाई चिकित्सकले थप उपचारको लागि दिल्ली लैजान सुझाब दिएपछि एअर एम्बुलेन्समार्फत दिल्लीको...

संसदको सुरक्षा बिषेश समितिको बैठक बस्दै

२०७० चैत १२ गते ३:१०

काठमाण्डु, १२ चैत –व्यवस्थापिका संसदको सुरक्षा विशेष समितिको बैठक आज बस्ने भएको छ । एकमहिना अघि व्यवस्थापिका संसद्ले ८१ सदस्यीय सुरक्षा विशेष समिति गठन गरेको थियो । समितिमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, प्रधानमन्त्रीले तोकेका तीन जना मन्त्री र राज्य व्यवस्था समितिका सभापति गरी सात जना...

काँग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन हुँदै

२०७० चैत १२ गते २:१८

काठमाण्डु, १२ चैत –नेपाली काँग्रेस संसदीय दलको कार्य समितिको १७ सदस्य पदका लागि आज निर्वाचन हुदैछ । संसदीय दल सदस्य निर्वाचनका लागि आज दिउसो ३ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ । दलको १७ सदस्यका लागि हालसम्म ३२ जनाको उम्मेद्वारी परेको छ । उम्मेद्वारी...

प्रमुख तीन दलको बैठक जारी

२०७० चैत १२ गते २:१०

काठमाण्डु, १२ चैत – उच्चस्तरीय राजनीतिक समितिको कार्यक्षेत्रका विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक अहिले बसिरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी  निवास बालुवाटारमा बसिरहेको छ । प्रमुख दलहरुबीच संविधान निर्माणमा अवरोध आए त्यसलाई फुकाउन तथा राजनीतिक संकट समाधानका लागि उच्चस्तरीय समिती गठन गर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us