बिभिन्न समितिहरु गठन गर्न तीन दल सहमत

काठमाण्डु टुडे २०७० चैत १२ गते ४:५१ मा प्रकाशित

काठमाण्डु, १२ चैत –प्रमुख तीन दल पछिल्लो राजनीतिक परिस्थितीलाई मिलाउन बिभिन्न समिति गठन गर्न सहमत भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादी समिति गठन गठनलाई तिव्रता दिन सहमत भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरुले राजनीतिक संवाद तथा सहमति कार्यान्वयन, चुनाव धाँधली, संविधानसभाका समितिहरु र पेट्रोलिय पदार्थको मुल्यवृद्धि छानबिन समिति निर्माणमा जोड दिएको एमाओवादीका नेता पोष्टबहादुर बोगटीले बताए । बैठक भोली पनि बस्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us