संसदको सुरक्षा बिषेश समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०७० चैत १२ गते ३:१० मा प्रकाशित

ca houseकाठमाण्डु, १२ चैत –व्यवस्थापिका संसदको सुरक्षा विशेष समितिको बैठक आज बस्ने भएको छ ।

एकमहिना अघि व्यवस्थापिका संसद्ले ८१ सदस्यीय सुरक्षा विशेष समिति गठन गरेको थियो ।

समितिमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, प्रधानमन्त्रीले तोकेका तीन जना मन्त्री र राज्य व्यवस्था समितिका सभापति गरी सात जना पदेन सदस्य रहने व्यवस्था छ ।

संसद नियमावली बमोजिम सभामुख समितिको पदेन सभापति र उप सभामुख पदेन उपसभापति हुने व्यवस्था छ ।

समितिले संविधानमा उल्लेख भए अनुसार प्राकृतिक विपद परेको बेला बाहेक सेना परिचालनसम्बन्धी मन्त्रिपरिषद्को निर्णय अनुमोदनको छलफल गरी निर्णय गर्ने नियमावलीमा व्यवस्था छ ।

सेना समायोजनका विषयमा भएको निर्णयको अनुमोदनका लागि समितिको बैठक बोलाइएको हो ।

समितिको बैठक दिउसो ३ बजे संसद् सचिवालय सिंहदरबारमा बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us