शाहीकालिनमन्त्री लामाको निधन

काठमाण्डु टुडे २०७० चैत १२ गते ७:१८ मा प्रकाशित

i.Dil_Bahadur_Lamaकाठमाण्डु, १२ चैत– शाहीकालीन मन्त्री एवम् नेपाल प्रहरीका पूर्वमहानिरीक्षक डिबी लामाको निधन भएको छ ।

हाल काठमाण्डु धापासी बस्दै आएका लामाको हृदयघातका कारण गृहजिल्ला नुवाकोटमा बुधबार बिहान निधन भएको हो ।

हृदयघातपछि उपचारका लागि काठमाण्डु ल्याउँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामा विक्रम संवत २००७ सालमा तत्कालीन नेपाली काँग्रेसको मुक्ति सेनाबाट नेपाल प्रहरीको सुवेदारमा सेवा प्रवेश गरेका थिए ।

१९७८ सालमा नुवाकोटको गेर्खुमा जन्मिएका लामा २०३९ असार १ गतदेखि ०४३ जेठ ३० गतेसम्म प्रहरी महानिरीक्षक थिए ।

लामाप्रति श्रद्धाञ्जली दिन राजनीतिक दलका नेता कार्यकर्ता, प्रहरीका पूर्व र बहालवाला अधिकृतका साथै आफन्त र शुभचिन्त धापासीस्थित निवास पुगेका थिए ।

लामाको बौद्ध परम्पराअनुसार बुधबार नै अत्येष्टि गर्ने तयारी भइरहेको छ । प्रहरी प्रवक्ता गणेश केसीले लामाको अन्त्येष्टिमा प्रहरीको एक टोलीले विशेष प्रहरी सम्मान अर्पण गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us