
काठमाण्डु, १२ चैत –नेपाली काँग्रेस संसदीय दलको कार्य समितिको १७ सदस्य पदका लागि आज निर्वाचन हुदैछ ।
संसदीय दल सदस्य निर्वाचनका लागि आज दिउसो ३ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ । दलको १७ सदस्यका लागि हालसम्म ३२ जनाको उम्मेद्वारी परेको छ ।
उम्मेद्वारी मनोनयन दर्ताका लागि आज बिहान ११ बजेसम्मका लागि समय रहेकाले अझै उम्मेद्वारी पर्न सक्ने निर्वाचन समिती संयोजक दिलेन्द्र बडुले जानकरी दिए ।
यसअघि हिजो साँझसम्मका लागि मात्र उम्मेद्वारी मनोनयन दर्ताको समय रहेकोमाले काँग्रेस नेताहरुकै आग्रहमा समय बढाइएको हो ।
निर्वाचन संयोजक बडुका अनुसार आज दिउसो पौने २ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
समानुपातिक तर्फ तीन पदमा महिला, दुइमा दलित, तीनमा उत्पििडत जाति तथा आदिवासी, पिछडिएको क्षेत्रबाट एक र खस आर्य तथा अन्य तीन पदमा प्रतिस्पर्धा हुनेछ ।