काठमाण्डु, १२ चैत – प्रधानमन्त्री सुशील कोइरालाले गरेको पहिलो निर्णय १० कार्यालयले कार्यान्वयन गरेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित प्रत्यक्ष मातहतका सवै कार्यालयले दैनिक पाँच हजारभन्दा माथिका सवै खर्च विवरण सार्वजनिककरण गर्नुपर्ने निर्णयमा छ । प्रधानमन्त्री कोइरालाले २७ माघमा पदबहालीलगत्तै गरेको निर्णय प्रधानमन्त्री...
हेटौँडा, ११ चैत – नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले वामपन्थी, लोकतान्त्रिक र राष्ट्रवादी शक्ति एकजुट भएर राज्यको पुनःसंरचनामा लाग्नुपर्ने बताएका छन् । पार्टीको प्रथम मकवानपुर जिल्ला अधिवेशनको हेटौंडामा उद्घाटन गर्दै महासचिव थापाले लोकतान्त्रिक र वामपन्थी शक्ति एकजुट भएर धेरै पटक नेपालमा राजनीतिक परिवर्तन भएको र...
काठमाण्डु, ११ चैत – राजधानी बाहिर रहेका सभासद्हरुको आग्रहपछि नेपाली काँग्रेसले यही चैत १२ गते गरिने संविधानसभा संसदीय दल कार्यसमितिको निर्वाचन तालिकामा केही संशोधन गरेको छ । संशोधित कार्यतालिका अनुसार उम्मेदवारका लागि दरखास्त दिने समय चैत १२ गते बुधबार बिहान ११ बजेसम्मका लागि तोकिएको...
काठमाण्डु, ११ चैत – जिल्ला अदालत काठमाण्डुले पत्रकार सूर्यकुमार क्षेत्रीलाई सफाई दिएको छ । सीआरबीटी मार्फत उपभोक्ता ठगेको विषयमा उज्यालो एफ.एफले समाचार र रिपोर्ट प्रसारण गरेपछि पक्राउ परेका व्यक्तिको झुटो विवरणका आधारमा चलाइएको मुद्दामा अदालतले क्षेत्रीलाई सफाई दिएको हो । सीआरबीटीमार्फत उपभोक्ता ठगेर पक्राउ...
लण्डन, ११ चैत – भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन रकममा वृद्धि भएको छ । बेलायत सरकारले भूततपूर्व गोर्खा सैनिकहरुले पाउँदै आएको पेन्सन रकममा १० दशमलव ३ प्रतिशत वृद्धि गरेको हो । बेलायती रक्षा मन्त्रालयले पछिल्लो पटक जारी गरेको विज्ञप्तिमा गोर्खा सैनिकहरुको पेन्सन आउँदो अप्रिलदेखि लागु...
बनेपा, ११ चैत – उपराष्ट्रपति परमानन्द झाले बौद्धिक अपाङ्गता भएकाहरुलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका छन् । बनेपामा मंगलबार पोर्टेज तथा पुनःस्थापना संस्थाले आयोजना गरेको तीनदिने पोर्टेज प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै झाले बौद्धिक तथा शारीरिक रुपमा अपाङ्गता भएका कारण अभिभावकले मानसिक र आर्थिक नोक्सानी...
काठमाण्डु, ११ चैत – राष्ट्रिय महिला आयोगको नेतृत्वमा विभिन्न संस्थाले ‘संविधानसभा निर्वाचन, २०७० लैङ्गिक अनुगमन प्रतिवेदन’ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई बुझाएका छन् । आयोगका अध्यक्ष शेष चाँदताराको नेतृत्वमा विभिन्न ३१ सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको सो प्रतिवेदन बुझ्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले नेपालको इतिहासमा...
विराटनगर, ११ चैत – एघार केजी अवैध गाँजासहित छ जना भारतीयलाई विराटनगर बसपार्कबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको छ । सुनसरीको चतराबाट बसमा आएका भारतीयमाथि शङ्का लागी बसपार्कमा प्रहरीले शरीरभित्र खोजतलास गर्दा गाँजा बरामद गरिएका मोरङका प्रहरी नायब उपरीक्षक दीपक...
काठमाण्डु, ११ चैत – कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले सरकारले सर्वाेच्च अदालतको गत पुस १८ गते दिएको आदेशलाई ध्यानमा राख्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारी गरेको बताएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको...
जनकपुरधाम, ११ चैत – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रधानमन्त्रीको कार्यकाल एक वर्षको मात्र हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । जनकपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले ती पद एक वर्षको कार्यकालका लागि गराउन संविधान संशोधनका लागि दलबीच...
चितवन, ११ चैत – रत्ननगर नगरपालिका वडा नं ७ का ४२ वर्षीय पतिराम दराई जरायोको मासुसहित पक्राउ परेका छन् । प्रस्तावित क्षेत्रीय रङ्गशाला टिकौलीबाट दराईलाई गएराति प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । टिकौली जङ्गलमा जरायो मारेर भागबन्डा गरी मासु लैजाने तयारीमा रहेका दराईलाई जरायोको...
मोरङ, ११ चैत – मोरङमा सञ्चालन भइरहेको जिल्लास्तरीय परीक्षाको समयअगावै बजारमा प्रश्नपत्र छ्याप्छ्याप्ती फेला परेको छ । दिउँसो बजेदेखि सञ्चालन हुने अनिवार्य गणित विषयको प्रश्नपत्र फोटोकपी गरी बाँडिएको थियो । फोटोकपी गरिएका ती प्रश्नपत्र ३०० रुपैयाँसम्ममा विभिन्न स्थानमा बिक्री गरिएको भेटिएको थियो । जिल्ला...